असोज २५ क्वालालाम्पुर ।
मलेसियामा पहिलो पटक शेर्पाहरुको साझा संस्था शेर्पा किदुग मलेसिया को औपचारिक गठन भएको छ ।
अक्टोबर ११ मा मलेसियाको राजधानी क्वालालाम्पुर स्थित एक होटलमा भएको एक कार्यक्रममा रामेछाप निवासी गेल्जे शेर्पाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
शेर्पा जातीहरु संसारको जुनसुकै क्षेत्रमा रहेतापनी आफ्नो भाषा,संस्कृत ,कला र संस्कारलाई जोगाई राख्ने उद्देश्यका साथै मलेसियामा रोजगारीको शिलशिलमा आई कमपनी लगायत अन्य समस्यको कारण अन्यामा परेको आर्थिक स्थिति नाजुक रहेको शेर्पा समुदायको मानिसहरुलाई सहायोग गर्ने उद्देश्यका साथ गठन भएको यससंस्थाको प्रथम उपाध्यक्षमा तेन्जिङ शेर्पाले जानकारी दिनु भयो ।
समितिको प्रथम उपाध्यक्षमा तेञ्जिङ शेर्पा सोलुखुम्बु, दित्तिय उपाध्यक्ष मा आङ कामी शेर्पा लामा रामेछाप ,महासचिवमा सोनाम शेर्पा रामेछाप ,सचिबमा ङिमागेलु शेर्पा सोलुखुम्बु र ङवाङ नुरी शेर्पा कोषाध्यक्षमा चयन हुनुभएको छ ।
त्यसै गरि सदस्यहरु ल्हक्पा गेल्जेन शेर्पा,पेम्बारिन्जी शेर्पा,ल्हक्पा शेर्पा,पासाङ शेर्प,पेम तेन्जी शेर्पा,ग्याल्जेन शेर्पा,आङ दावा शेर्पा,आङ फुरी शेर्पा रहेको छ ।
साथै कार्यक्रममा के एन शेर्पा(प्रयास)को संयोजकत्वमा पाच सदस्यीय सल्लाहकार समितीको पनि गठन गरिएको छ ।सल्लाहकार सदस्यहरुमा दोर्जे शेर्पा , पासाङ डि शेर्पा रहेको छ भने बाँकी दुई जना कार्यसमितीको अर्को बैठकमा चयन गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल शेर्पा संघका केन्द्रीय सदस्य प्रयासले शेर्पा किदुक मलेसिया गठन र सञ्चलन सम्बन्धी पेश गर्नु भएको १७ बुदे कार्यविधि पारीत गरिएको छ ।
