काठमाण्डौ, १९ असोज ।
गैर आवासीय नेपाली संघको सातौ विश्व सम्मेलन नजिकिदै गर्दा विश्वका विभिन्न देशमा रहेका एनआरएनकर्मीहरुले आगामी कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । मध्यपूर्वमा एनआरएनको लहर बढेसँगै उम्मेदवारहरुले निर्वा्चित हुनका लागि मध्यपूर्वका मतलाई निकै महत्वका साथ हेर्न थालेका छन् ।
यूरोप र अमेरिकी देशहरुबाट मात्र होइन, मध्यपूर्वका देशहरुबाट पनि अध्यक्ष, उपाध्यक्ष लगायत महत्वपूर्ण पदहरुमा उम्मेदवारका आकांक्षीहरु बढिरहेका कारण आगामी विश्व सम्मेलनमा खाडीका मुद्दा, मत, उम्मेद्वारको मह्त्व बढ्ने निश्चित छ । विश्वभरिका एनआरएनका अधिकांश आकांक्षीहरुले आफ्ना प्रतिबद्धतामा खाडीका मुद्दालाई निकै महत्वका साथ समावेश गरेका छन् । एनआरएनको चहलपहल सबैतिर बढिरहेको छ ।
यसै सिलसिलामा आगामी सम्मेलनमा रोजगारीको आकर्षक गन्तव्य इजराइलबाट अत्यन्तै उत्साहका साथ महिला उपसंयोजक पदमा इजरायलबाट भगवती बस्नेतले उम्मेदवारी घोषणा गरेर खाडी लगायत विश्वभरिका एनआरएनकर्मीहरुलाई विजयी गराउन आह्वान गर्नुभएको छ ।
समृद्ध राष्ट्र निर्माणका लागि एनआरएनको जिम्मेवारी, महिला सशक्तीकरणका लागि मेरो उम्मेदवारी भन्ने नाराका साथ बस्नेत चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । एनआरएनको साधारण सदस्यदेखि २०११–०१३ माएनआरएन इजरायलको आइसीसी सदस्य, ०१३–०१५ मा एनआरएन इजरायल संरक्षक, २०१५–०१७ मा चुनाव सुपरीवेक्षक सम्म भएर काम गरिसकेकी बस्नेत एनआरएन इन्भेष्टमेन्टमा इजरायल संयोजक भएर इजरायलबाट ३० जना इन्भेष्टरहरुको करिब एक करोड ५० लाख रुपैयाँ जलविद्युत्मा लगानी गर्न सक्रियता पूर्वक खटेको स्मरण गर्छिन् ।
इजरायल बसाइको क्रममा एनआरएनको अभियानमा सहभागी भएर एनआरएनको विभिन्न कार्यक्रम तथा योजनाहरुमा सधैं सरिक भएर सक्रिय भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । अन्तराष्ट्र्रिय नेपाली साहित्य समाजमा लामो समयदेखि काम गरिरहेकी बस्नेत साहित्य मार्फत समाज जागरणको अभियानमा उत्तिकै सक्रिय हुनुहुन्छ । कथा, गीत संग्रह लगायत प्रकाशन गरेर नेपाली डायस्पोरामा नेपाली कलाकार र साहित्यकारहरुलाई एकत्रित गर्न बस्नेत अग्रणी भूमिका निर्वाह गरिरहनुभएको छ ।
अन्तर्रा्ष्ट्रिय कलाकार समाजको ग्लोबल समितिको महासचिव भएर काम गरिरहेकी बस्नेत यस समिति मार्फत् कला, संस्कृति, भाषा र साहित्यको विकासमा निरन्तर सेवारत हुनुहुन्छ । कला र साहित्यको क्षेत्रमा मात्रै नभई इजरायलमा रहेका बिभिन्न सामाजिक संघसस्थामा आबद्ध भएर सामाजिक काम पनि बस्नेतको सक्रियता प्रशंसा योग्य छ ।
भूकम्पपीडित बालबालिकाहरुको लागि सहयोग गर्न एनसीपिएन ग्लोबल समितिको इजरायल कोर्डिनेटर भएर ५ वर्ष मुनिका बालकालिकाहरुका लागि पोषणयुक्त आहार लिटो वितरणका लागि सहयोग र सेवा पनि गर्दै आएकी बस्नेतले भूकम्पपीडित स्कुलका बालबालिकाहरुका लागि कापी, झोला उपलब्ध गराउँदै आउनुभएको छ ।
त्यसैगरी बस्नेतले भूकम्प पीडितहरुलाई पुनर्वास गराउन स्थायी घर र स्कुल पुनस्र्थापना गर्ने कार्यका लागि सहयोग संकलन गर्न सहयोग गरिरहनुभएको छ । नेपालमा हुँदा देखि अहिले वैदेशिक रोजगारका क्रममा इजरायलमा रहँदापनि समाजसेवा र सृजनशील कार्यमा सक्रिय रहदै आएकी बस्नेतले आफ्ना १५ बुँदे चुनावी प्रतिबद्धताहरु यसरी सार्वजनिक गर्नुभएको छ ।
१)महिलाको वैदेशिक रोजगारलाई सुरक्षितबनाउने ।
२) सरोकारवाला व्यक्ति, सम्बन्धित देश र नेपाल सरकारसित अन्तरक्रिया गरेरर वैदेशिक रोजगारमा महिलाहरुलाई सुरक्षाको प्रत्याभुति गराउने ।
३)महिलाहरुको वैदेशिक रोजगारको बिस्तृत सूचनाको जानकारीको लागि मोबाइल एप्स तयार गर्ने ।
४) महिला हक अधिकारका लागि एवम् सुरक्षित वैदेशिक रोजगारका लागि महिला जागरण, महिला सशक्तीकरण का कार्यक्रम र योजनाल्याउने ।
५) वैदेशिक रोजगारमा रहेका महिलाहरुलाई एनआरएनमा आबद्ध गराई सक्रिय गराउने अभियान सञ्चालनगर्ने ।
६)महिला र बालबालिकाहरुको हितका लागि विशेष कार्यक्रम र योजना ल्याउने ।
७) संसारभरि छरिएर रहेका नेपाली महिलाहरुको तथ्यांक संकलन गरेर पारस्परिक सम्बन्ध विकास गर्ने ।
८) नेपालीकला, साहित्य, संगीत र संस्कृतिकको प्रबद्र्धन र जगेर्ना गर्न पहलगर्ने ।
९)महिला हिंसा र भ्रुणहत्याको अन्त्य गराउन राष्ट्रिय तथा अन्तरर्रा्ष्ट्रिय जगत्को ध्यानाकर्षण गराउने ।
१०)लौगिक विभेद हटाउन भएका कानुनको पैरवीगर्ने एवम् कार्यान्वयनका लागिजोड दिने ।
११) वैदेशिक रोजगारबाट प्राप्त ज्ञान र सीपलाई नेपालमा आयमूलक पेसा व्यवसाय सञ्चालनका लागि नेपाली महिलाहरुलाई प्रशिक्षित गराई नेपाली दिदीबहिनीहरुलाई नेपालमै स्वरोजगार बनाउने अभियान सञ्चालन गर्ने ।
१२) वैदेशिक रोजगारमा रहेका अर्धदक्ष महिलाहरुलाई दक्ष बनाउन आवश्यक सहयोग गर्न अनलाईन तथा सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने ।
१३) महिला तथा बालबालिकाहरुको कल्याणका लागि अक्षयकोषको व्यवस्था गर्ने ।
१४) विदेशमा रहेका एकल महिलाहरुको समस्यालाई मध्यनजर गर्दै उनीहरुको सुरक्षा र रोजगारीको सुनिश्चित गर्ने ।
१५)विदेशमा रहेका महिलाहरुको ज्ञान सीप, गतिविधि लगायतलाई उजागर गर्न एवं सुसूचित गराउन वेभपेज सञ्चालन गर्ने र मासिक पत्रिका प्रकाशित गर्ने ।