अमेरिकामा रहेका गैरआवासीय नेपालीबाट सहकार्यको प्रस्ताव

अमेरिकामा रहेका गैरआवासीय नेपालीबाट सहकार्यको प्रस्ताव

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 अमेरिकामा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले मातृभूमिको विकासका निम्ति सहकार्यको प्रस्ताव गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन एनसिसी यूएसए) का पदाधिकारीले आज भेटेर सो प्रस्ताव गरेका हुन् ।

संस्थाले हालै जारी भएको नेपालको संविधान २०७२ मा विदेशमा रहेका नेपालीका लागि विशेष नागरिकताको व्यवस्था गरिएकामा नेपाल सरकारप्रति आभार प्रकट गरेको छ ।

नेपाल सरकारसँग एनआरएन अमेरिकाको सहकार्य सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्दै संस्थाले आगामी दिनमा नेपाल सरकारसँग अझ प्रगाढ सम्बन्ध स्थापित गरी समन्वयात्मक कार्ययोजना, कार्य प्रणाली र कार्यनीति परिस्कृत र परिमार्जित गराउँदै लग्ने प्रतिबद्धता जनाएको हो ।

संयुक्त राष्ट्र सङ्घका लागि नेपाली प्रतिनिधि एवम् गैरआवासीय नेपाली समन्वय परिषद् अमेरिकाका आधिकारीक निर्वाचित प्रतिनिधिबीचको अनौपचारिक छलफल गतिशील एवम् परिस्कृत कार्यनीति र कार्य प्रणाली तय हुनेछ भन्ने विश्वास लिएको संस्थाले जनाएको छ ।

उक्त सम्बन्धमा छलफलका लागि संस्थाले विशेष नागरिकता सम्बन्धमा नेपालको संविधानले पारित गरेअनुसार अमेरिकन नेपालीले अब नेपालको विशेष नागरिकता पाउन सक्नेछन् । यसका लागि आवेदक एनआरएन अमेरिकाको सदस्य हुनुपर्ने र विशेष नागरिकताका लागि एनआरएन अमेरिकाले सिफारिस गर्नुपर्नेछ ।

अन्तक्र्रिया कार्यक्रमका सन्दर्भमा नेपालबाट सरकारको प्रतिनिधित्व गरेर अमेरिका आउने उच्च पदाधिकारी तथा राजनेतासँग संस्थाले अन्तक्र्रिया कार्यक्रम गर्ने र गराउने तथा कूटनीतिक छलफलमा सहभागी गराउने सन्दर्भमा नेपाल सरकार र अमेरिकी सरकारका प्रतिनिधिबीच अमेरिकाका नेपालीको तथा नेपालको विकास योजनाका बारेमा वा अन्य एनआरएनको उद्देश्यसँग मेल खाने विषयमा हुने कूटनीतिक छलफलमा एनआरएन अमेरिकालाई सहभागी गराउने संस्थाले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

त्यस्तै, सहकार्य सम्बन्धमा अमेरिकामा सांस्कृतिक, धार्मिक, भाषिक, साहित्यिक, शैैक्षिक तथा अन्य गैरराजनीतिक कार्यक्रममा नेपाल सरकारसँग एनआरएन अमेरिकाले सहकार्य गर्ने तथा घनाबस्ती भएका ठाउँमा वाणिज्य दूतको कार्यालय खोल्ने संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी