असोज ३ जापान । नेपाल आदिवासी जनजाति महासंघ जापान को आफ्नो १५ औ महाधिवेशन सेप्टेम्बर २७ मा हुने भएको छ ।
केही समयअघि बसेको महासंघको बैठकले महाधिबेशनको मिति यही २७ तारेखमा तय गरेको हो ।
महाधिबेशन टोक्यो महानगरको ईकेबुकुरो स्टेशनको नजिकै रहेको तोसिमा कुमिन सेन्टरमा हुने महासंघका सह अध्यक्ष पासाङ शेर्पाले जानकारी दिएका छन् ।
बिहान ९ बजे देखि बन्द सत्र हुनेछ भने दिनको १ बजेबाट खुल्ला कार्यक्रम हुने जनाईएको छ ।
महाधिबेशनमा आ-आफ्नो जातिय भेषभुषा सहित सहभागि हुनाको लागि पनि जापानबासी आदिबासी जनजातीहरुलाई महासंघले अनुरोध गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline