एनआरएनए जर्मनीको अद्यक्षमा नब राज रोस्यारा

एनआरएनए जर्मनीको अद्यक्षमा नब राज रोस्यारा

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

गैर आबासिय नेपाली संघ जर्मनीको सम्मेलन अद्यक्ष हरेन्द्र वनेमको अद्यक्षतामा सम्म्पन्न भएको छ।

सम्मेलनबाट  एनआरएनए जर्मनीको अद्यक्ष पदमा  नब राज रोस्यारा लाई  र  एनआरएनएको अन्तरराष्ट्रिय कोर्डिनेसन कमिटीको सदस्य पदमा सुरेन्द्र प्रधान   चयन भएका छन। अन्य पदहरु मद्ध्ये  उपाद्यक्षहरुमा प्रेम पोमु , रण बहादुर सावद र नारायण अधिकारी, महासचिवमा प्रेम सिंह गुरुङ, सचिवमा कृष्ण देबकोटा, महिला प्रतिनिधि इम्प्रेश सिङ, युबा प्रतिनिधि डा० जय कृष्ण ठाकुर, इभेन्ट कोर्डिनेटरमा बेल गुरुङ सदस्यहरुमा विजय शाही, केदार प्रसाद गजुरेल, मिलन पन्त, काजी राणा, दिनेश गौतम रहेका छन। प्रमुख संरक्षकमा बिनोद अधिकारी लाई चयन गरिएको छ  ।

सम्पन्न सम्मेलनको प्रमुख अतिथीको रुपमा जर्मनीको लागि नेपालका कार्यबाहक राजदुत प्रकाश मणी पौडेल हुनुहुन्थ्यो भने बिशीष्ठ अतिथीको रुपमा माननिय सांसद तथा सँसदिय ब्यबस्था बिभाग सुशासन समितीका सभापति शेरधन राइ,आइसीसीका महासचिव कुमार पन्त आइसीसी अनुशासन समिती सदस्य तथा एनआरएनए जर्मनीका अद्यक्ष दिल बहादुर गुरुङले आफ्ना भनाइहरु राख्नु भएको थियो। कार्यक्रममा अतिथीको रुपमा एनआरएनएका युरोप कोर्डिनेटर अर्जुन कुमार श्रेष्ठ, एनआरएनएका आइसीसी सदस्य दावा शेर्पा, निवर्तमान आइसीसी सदस्य तथा निर्वाचन प्रमुख सन्तोष भट्टराइ, प्रमुख संरक्षक पुष्प थापा, बिशिष्ठ संरक्षक बिजय मोक्तान, डा० सिबिले केलर लगायतका अग्रजहरुको उपस्थिती थियो । कार्यक्रमको सन्चालन एनआरएनएका महासचिव हरी न्यौपानेले गर्नु भएको थियो। कार्यक्रमका सबै बक्ताहरुले एनआरएनए जर्मनीको  नयाँ कमिटी सर्बसम्मतीबाट  चयन गर्न सकिने बाताबरण बनेकोमा खुशी प्रकट गर्दै आगामीकार्यकलको लागि सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो।  कार्यक्रमका अतिथी दिल बहादुर गुरुङ र पुष्प थापा ले सम्मेलनमा आइसीसी माहासचिव कुमार पन्तलाई  एनआरएनए आइसीसीको आसन्न निर्वाचनमा आइसीसी उपाद्यक्ष पद्को उमेद्बारमा प्रस्ताब गर्नु भएकोमा पन्त लाई आइसीसी उपाद्यक्ष पदमा सर्ब सम्मती बाट चयन गर्न लागि पर्ने प्रतिबद्दता एनआरएनए जर्मनीको तर्फबाट ब्यक्त गरिएको थियो।

कार्यक्रममा एनआरएनए जर्मनीका अद्यक्ष हरेन्द्र वनेमले आफ्नो दुई बर्शे कार्यकलको प्रगती विवरण तथा आगामी कार्यभार बिषयक एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कोषाद्यक्ष नारायण अधिकारीले अर्थिक रिपोर्ट पेश गर्नु भएको थियो। आइसीसी पदमा दुई जनाको उम्मेद्बारी परेकोमा आइसीसीका प्रत्यासी बिनोद अधिकारीले एनआरएनएको हितका लागि एनआरएनए लाई राजनीति बाट मुक्त गर्न र यो संस्थालाई सबै जर्मनबासी नेपाली दिदी बहिनी तथा दाजु भाईहरुको साझा संस्था बनाउन पार्दर्शी ढंग बाट तल ग्रासरुट बाटै निर्वाचन मार्फत एनआरएनएको नेत्रित्व चयन गर्ने बाताबरण बनाउनको लागि बिशेष प्रस्ताब पेश गर्दै उक्त प्रस्ताब पास भएर लागु भए आफु संस्थाको हितको लागि बाधक नबन्ने कुरा जानकारी गराए पछी सर्ब सम्मती बाट अधिकारी द्वारा प्रस्तावित उक्त प्रस्ताब पारीत गरिएको थियो।

कार्यक्रमको दोश्रो चरणमा नेत्रित्व चयनको कार्यक्रम निर्वाचन आयोगका अद्धक्ष सन्तोष भट्टराईको अद्यक्षतामा र निर्वाचन आयोग  सदस्य तथा आइसीसी सदस्य दावा शेर्पाले सन्चालन गर्नु भएको भएको थियो। निर्वाचित पदाधिकारीहरुलाई सबै अतिथीको तर्फबाट बिसिष्ठ अतिथी दिल गुरुङले
शुभकामना मन्तब्य ब्यक्त गर्दै नब निर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको अन्तमा नब निर्वाचित अद्यक्ष नब राज रोस्याराले निर्वाचित पदाधिकारीहरुको तर्फ बाट आफ्नो कार्यकालमा नेपालीहरुको हक र हितको लागि अफुलाई पूर्ण समर्पित गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो। साथै एनआरएनको सम्मेलनलाई सफल पार्नमा सहयोग पुर्‍याउनु हुने सबै अग्रजहरु, उच्च स्तरिय आयोग, निर्वाचन आयोग, निवर्तमान कमिटीका अद्यक्ष महासचिव लगायतका सबै सबै पदाधिकारीज्युहरु, जन संपर्क समिती, ओएनफ, इन्सोफ लगायत
बिभिन्न राजनैतीक पार्टिका भात्री संस्थाहरु, एलसीसी बायर्न र म्युनिख बासी नेपाली दिदी बहिनी तथा दाजुभाइहरु, कलाकार साथीहरु, विद्यार्थीहरु,स्व्यम्सेवक साथीहरु, खानाको ब्यबस्थापन गर्नु हुने अध्यक्ष हरेन्द्र वनेम, प्रेम सिंह गुरुङ, कंडेल लगायतको ब्यबस्थापन समिती सबैलाई हार्दिक धन्यवाद तथा अभार ब्यक्त गरिएको थियो  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी