साउन १७ बर्लिन ।
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च जर्मनीले एनआरएनको राजनीतिक सक्रिय व्यक्तिहरु कार्यकारी पदमा उठ्न नपाउने जस्ता अभियानलाई सहयोग गर्ने घोषणा गरेको छ ।
मञ्चका अध्यक्ष रण बहादुर बिकको अध्यक्षतामा अनलाईन मार्फत बसेको बैठकले एनआरएनको निर्वाचन सम्बन्धि आचार सहिता र निर्णयलाई सहयोग गर्ने भन्दै राजनीतिक आस्थाका आधारमा प्रवासी संगठन र संस्थाहरु गठन नगर्न पनि सुझाव दिएको छ ।
राजनीतिक आस्थाका आधारमा एनआरएनका उम्मेद्धार सहित संघ संगठनको प्रचार प्रसार हुदा नेपाल र नेपालीको एकता कमजोर हुने भन्दै त्यसरी जान नहुने मञ्चका अध्यक्ष रण बहादुर बिकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एनआरएनले निर्वाचनमा राजनीतिक आस्था भएको, धार्मिक आस्था वा संस्थामा लागेको जस्ता व्यक्तिले उम्मेद्धार हुन नपाउने आचार सहिता ल्याएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline