गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको चौथो अधिबेशन आगामी जुलाई २६ तारिकमा बार्सिलोनामा हुदै छ । अधिबेशनबाट नयाँ कार्यसमिति चयन गरिने छ ।
सदस्यता वितरणको लागि १९ जुलाई साँझ ८ बजे सम्मको लागि तोकिएको छ भने मतदाताको अन्तिम नामावली २१ जुलाईमा प्रकाशित गर्ने निर्बाचन समितिले जनाएको छ ।
अध्यक्षमा भने मुक्तबहादुर गुरुङ अधिवेशन अघि नै निर्विरोध हुनुभएको छ । अध्यक्षमा मनोनयन दर्ता गरेका गोपाल रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि गुरुङ निर्विरोध हुनु भएको हो ।
नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चका निर्वतमान अध्यक्ष समेत रहेका गुरुङ यसअघि एनआरएन स्पेनको उपाध्यक्ष पदमा रही काम गरिसक्नु भएको छ । गुरुङले प्रवासी मञ्चको संरक्षक पदबाट राजिनामा दिदै एनआरएन अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
यसैगरी, महासचिबमा उमेश अधिकारी, युबा संयोजकमा पत्रकार दीपक क्षेत्री ,कोषाध्यक्षमा पेशल कोईराला र महिला संयोजकका लागि सीता सिंह मर्हजन पनि निर्बिरोध बनेका छन् ।
आगामी कार्यसमितिका लागि सबै ९सदस्यहरु निर्बिरोध भएका छन् । तुलसी प्रसाद शिवाकोटी,चित्त रन्जन वस्ती,दिलनाथ भण्डारी,उमाराज ढकाल, नीलबहादुर गुरुङ, अशोक शर्मा नेपाल, कमलबहादुर भण्डारी, सुमित्रा घिमिरे सापकोटा र कालु जिरेल सदस्य बन्ने भएका हुन् ।
तर उपाध्यक्ष र सचिब पदका लागि भने निर्वाचन हुने भएके छ । समन्वय समितिको आहृववानमा संघ सँस्थाहरुले सहमतिको प्रयास गरे पनि अन्ततः एनआरएन स्पेनको ईतिहासमा पहिलो पटक निर्बाचन हुने भएको हो ।
उपाध्यक्षका लागि ७ जनाको उमेद्वारी परेको छ । उपाध्यक्षमा पुरुषोत्तम भट्टराई, गौतम गुरुङ,राजु शमशेर थापा,यज्ञ नारायण पौडेल (रमेश आशिकी) र सन्दिप मोहोन भट्टराई प्रतिस्पर्धामा छन् । निर्बाचनबाट २ जना उपाध्यक्षहरु चुनिने भएका छन् ।
यस्तै सचिव पदका लागि दुई उमेद्वार सुनिल रानाभाट र रामप्रसाद सापकोटा (बिराज) बीच निर्बाचन हुने भएको छ ।