२०७२ असार ३ बिहीबार गत जेठ २५ गते सँखुवासभा जिल्ला मदिराम्बेनी गा.बि.स. वडा नँ: ७ घर भएकी लाक्पा दिघि शेर्पा नामकी महिला आफ्नै घरबाट ७ महिनाको बच्चा छाडी काम बिषेशले भोजपुर जान्छु भनि हिडेकी थिईन्… तर,उनि सोहि दिनदेखी अचानक बेपत्ता हुदा परिवारमा चिन्ता बढ्नुका साथै ७ महिनाको बच्चाको बिचल्ली समेत भएको छ..माईतीघर भोजपुरको साङपाङ गा.बि.स. वडा नम्बर ६ मजुवामा खोजिकार्यको लागी सम्पर्क गर्दा कुनै जानकारी नभएको र उनी माईतीपक्षको सम्पर्कमा पनि नरहेको जानकारी पाएको उनको पारिवारिक श्रोतले बताएको छ।
बैदेशिक रोजगारिको शिलशिलामा कत्तारमा रहदैआएका श्रीमानले पटक/पटक गरि पठाएको पैसा ३ लाख ७० हजार उनले घर परिवारलाई पनि नबताएको कुरा थाह पाएपछि उनले नै त्यो पैसा साथमा लिएर बेपत्ता भएपछि उनी कुनै दोश्रो ब्याक्तीका साथ बाटो लागेको श्रीमानको आशँका छ ।
१ साता बितिसक्दा पनि कुनै सम्पर्कमा नरहेको र कुनै प्रमाणित जानकारी समेत नपाउदा उनका परिवारले खोजीकार्यको सहयोग माग्दै प्रशासन,मिडिया सँचारकर्मी देखी देख्नु चिन्नुहुने सबैमा जानकारी गराईदिनको लागी सहयोगको अपिल गरेका छन् l