गुल्मी सम्पर्क समिति द-कोरिया द्वारा तेश्रो चरणको राहत बितरण

गुल्मी सम्पर्क समिति द-कोरिया द्वारा तेश्रो चरणको राहत बितरण

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

गुल्मी जेष्ठ ११ 
गुल्मी सम्पर्क समिति द-कोरियाले तेश्रो चरणको राहत बितरण गुल्मीको सबै भन्दा बढ़ी भूकम्प प्रभाबित क्षेत्र खड़ककोट गा.बि.स.मा “हाम्रो प्रबिधी राम्रो नेपाल”नामक संस्था सँग सहकार्य गरी ७० घर परिवारलाई प्रबिधिक टोली सहित घर निर्माण गर्ने गरी जस्ता पाता बितरण गर्नको निम्ति “गुल्मी सम्पर्क समिति कोरियाका तर्फ बाट क्रिश गुल्मेली बाबू र टामलाल अर्याल हुनुहुन्छ भने हाम्रो प्रबिधी राम्रो नेपालको तर्फ बाट राम प्र.ढकाल,राम कृष्ण ज्ञवाली कमल ज्ञवालीको प्रतिनिधि सहित खड्ककोट पुगि त्यहाँका राजनितिक दल,सुरक्षा निकाय,बुद्धिजीबीको समन्वयमा बास्तबिक भुकम्प पीड़ितको पहिचान गरी जेठ ८मा जस्ता पाता बितरण गरियो।हाम्रो प्रबिधी राम्रो नेपालको तर्फ बाट सागर ज्ञवालीको नेतृत्वमा प्राबिधिक टोली सहित यस हप्ता बाट भुकम्प पीड़ित परिवार हरुको घर निर्माण गर्ने कुरा क्रिश गुल्मेली बाबूले जानकारी दिनु भयो।
महा बिनासकारि भूकम्पले निरास बनाएका घर बार बिहिन खड्कबासि यसरी गुल्मी सम्पर्क समिति द-कोरिया र हाम्रो प्रबिधी राम्रो नेपालले घर निर्माण गर्ने योजना सहित आफ्नो गा.बि.स.मा आई सहयोग गर्दा अति हर्सित भई संपूर्ण सहयोगी दाता हरुलाई धेरै धेरै धन्यबाद दिएका छन।
यस कार्यक्रममा आफ्ना भनाई राख्दै टामलाल अर्याल ले गुल्मी संपर्क समिति द-कोरियाले बैदेशिक सिल-सिलामा द-कोरिया पुगेका नेपालीहरु बाट केहि अंस रकम संकलन गरी भूकंप पीड़ित ग़रीब,अशाय,आय आर्जन नभएको लाई हाम्रो यो सहयोग आएको हो र तपाई हरुमा भयको यो पीडाको लागि केहि हद सम्म भयपनि राहत मिलोस भने उद्देस्य स्वरूप यो योजना लियर आयका हौ भन्दै उपस्थित सम्पूर्णलाई जानकारी गराउनु भयो।
गुल्मी संपर्क समिति द-कोरियाले पहिलो चरणमा बिष्णु ज्ञवाली र केशब भुसालको नेतृत्त्वमा सिन्धु पाल्चोकमा १२०थान त्रिपाल बितरण गरेको छ भने दोश्रो चरणमा क्रिश गुल्मेली बाबू र टामलाल अर्यालको नेतृत्त्वमा गुल्मीका क्षेत्रन.१,२,३,बाट अति बिपन्न,असाय,आय आर्जनको बाटो कतै नभएको घर परिवारको  छनौट गरी यक कार्यकम बिच ३/३ बण्डल जस्ता पाता र ३/३ किलो कांटी बितरण गरी घर-घर सम्म पूराएको जानकारी टामलाल अर्याल र क्रिश गुल्मेली बाबूले दिनु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी