जनजाति महासंघद्धारा श्रद्धान्जली सभा सम्पन्न

जनजाति महासंघद्धारा श्रद्धान्जली सभा सम्पन्न

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

यूएई,२८ वैशाख।महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै नेपाल जनजाति महासंघ, यूएईले २५५९ औं बुद्ध जयन्तिको अवसरमा १०८ दीप प्रज्वलन तथा श्रद्धान्जली सभा सम्पन्न गरेको छ ।
गत मे ८ शुक्रबारका दिन दुबईको जाबिल पार्क २ बजेदेखि आयोजना गरिएको श्रद्धाञ्जली सभामा कुनै औपचारिक असन ग्रहण नगरिएको आयोजकले बताएका छन् । महाभूकम्पमा परी दिवंगत भएका मृतक आत्माहरुको चीर शान्ति को कामना गर्दै १०८ दीप प्रज्ज्वलन बयोबृद्ध आमा गङगामती तमुस्योबाट गरिएको थियो । उक्त श्रद्धाञ्जलीसभामा लामा गुरु सोनाम शेर्पाले गुरुको मन्त्र पाठ गर्नुभएको थियो ।
जनजाति महासंघले तयार पारेको शोक पुस्तिकामा हस्ताक्षर संकलन पनि गरिएको आयोजकले बताएका छन् । उक्त शोक तथा श्रद्धाञ्जली तथा २५५९ औं बुद्ध जयन्ती कार्यक्रमको संचालन उपेन्द्र राना मगरले गर्नुभएको थियो ।
यसैबीच , जनताति महासंघले महाभूकम्पमा परी घरबारविहीन भएकाहरुको सहयोगका लागि राहत संकलन पनि गरिरहेको छ ।
उता, सुदूरपश्चिम सेवा समाज यूएईले बिनाशकारी महाभूकम्पबाट मृत्यु भएका आत्माहरुको शान्तिका लागि श्रद्धाञ्जदी सभा गर्दै पीडितहरुका लागि जम्मा साढे पाँच लाख रुपैयाँभन्दा बढी आर्थिक संकलन गरी सहयोग गरेको छ ।
समाजले ४ लाख ७९ हजार २ सय ३४ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ भने भूकम्पले घरबार गुमाएकी सिन्धुप्लान्चोक मानेश्वोर निवासी मिना भण्डारीलाई ७३ हजार ६ सय १७ रुपैयाँको प्रत्यक्ष सहयोग गरेको समाजका अध्यक्ष मानबहादुर केसीले जानकारी दिनुभयो । उक्त रकम समाजका कार्यसमितिका पदाधिकारीहरुको अगुवाइमा चन्दा स्वरुप संकलन गरिएको शिवराज जैसीले बताउनु भयो ।
गत मे ८ मा बसेको समाजको बैठकले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा देउडा खेल कार्यक्रमको समीक्षा गर्दै संस्थाका भावी कार्यक्रमबारे छलफल समेत गरेको थियो । सोही बैठकमा पत्रकार तथा संस्थाका प्रवक्ता खेमराज खनाललाई १८ हजार ५७ रुपैयाँ सहयोग पनि गरेको छ ।
पत्रकार खनाललाई विगत छ महिनादेखि समाचार लेखेका कारण एक नेपाली व्यावसायीबाट मुद्दा परेकोमा अबुधाबी अदालतले निर्दोष साबित गरेको छ । उहा नेपाल फर्किन लाग्नुभएकाले समाजले खनाललाई स–सम्मान बिदाई पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी