बैशाख २५ दोहा । कतारमा रहेको ढोरपाटन बुर्तिवाङ सेवा समाजले नेपालमा भूकम्प पीडित जनताका लागि ६ लाख रुपैया राहत दिने घोषणा गरेको छ । समाजको दोहामा बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष दिपक कुमार अदैले जानकारी दिनु भयो ।
बैठकको निर्णय अनुसार २ लाख रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने , एक लाख रुपैया अधिकारी चौर घर भएका संस्थाका सचिव जीत बहादुर क्षेत्रीका भाई दिल बहादुरको घर पुननिर्माण र सोही क्षेत्रमा घर भएका बाल बहादुर घर्तीलाई बाडेर राहत स्वरुप दिने निर्णय भएको छ ।
सो क्षेत्रमा भूकम्पका कारण ८ जना मानिसको मृत्यु भएको थियो । जसका परिवारलाई प्रति परिवार २० हजारका दरले राहत दिने पनि निर्णय भएको छ यसै गरी सोही क्षेत्रका घाईतेहरुको उपचारका लागि जनही १० हजारका दरले दिने समाजले जनाएको छ ।
कतारमा भएको ढोरपाटन बुतिर्बाङ सेवा समाजले २२४ बैशाखमा प्रथम बाषिर्कोत्सब भव्यताको साथ दोहाको होमल्यान्ड होटेलमा मनाएको थियो ।