अमेरिकी संसदका नेपाली मूलका तिवारी द्वारा उम्मेदवारी फिर्ता

अमेरिकी संसदका नेपाली मूलका तिवारी द्वारा उम्मेदवारी फिर्ता

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘ मा उम्मेदवारी दिएका नेपाल कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १ दशक देखि भर्जिनियामा बस्दै आएका जीवन तिवारीले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी सार्बजनिक रुपमा उनका चुनाब प्रचार प्रसार प्रबन्धकले गरेका छन् l
उनले गत मार्च ९ तारिख भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका थिए l
केहि समय अगाडी मात्र डेमोक्र्याटिक पार्टीको तर्फबाट उनलाई आधिकारिक उम्मेदवार भनि घोषित गरिएको थियो भने जुन ९ ,२०१५ मा प्राथमिक चरणको निर्वाचनमा समेत उनले लड्नु नपर्ने भएको थियो lनोभेम्बरमा ३ को निर्वाचनमा मात्र लड्नु पर्ने बताएका थिए l
तिवारीले लड्ने क्षेत्रमा दुई पटक रिपब्लिकन दलका लेबनानी-अमेरिकन डेविड रमादान बिजयी भएता पनि केहि समय अगाडी उनले पनि चुनाब नलड्ने भनि घोषणा गरेका थिए l
किन उम्मेदवारी फिर्ता लिए ? 
उनले एक्कासी चुनावी रणभूमि किन परित्याग गरे भन्ने जिज्ञासामा पहिलो नेपालमा गएको बिनासकारी भूकम्प र दोश्रो आर्थिक सहयोग संकलन योजना मुताबिक वृद्धिमा कमजोर हुनाको कारण बताए l
निर्वाचनमा आफु भागेको हैन भन्दै स्पस्ट पार्दै मुलुक विनासकारी भूकम्पको कारण तहसनहस छ l नेपाली समुदाय अहोरात्र राहत र उद्धारको लागि युद्ध स्तरमा लागेका छन् तर आफु कुखुराको डाक देखि मध्यरात सम्म चुनावी प्रचार र प्रसारमा लाग्दा मेरो नैतिकता तथा मनले थाम्न सकेन l
चित्त बुझाउन सकिन र सबै संग राय ,सल्लाह र परामर्श लिएर ठोस निर्णय गर्दै चुनाब नलड्ने घोषणा गरेको हुँ ,तिवारीले बताए चुनावी प्रचार र प्रसार निक्कै अगाडी बढी सकेको थिए भन्दै चुनाब भबिष्यमा पनि लड्न सकिन्छ l
देशको लागि अहिले केहि गर्न सकिएन भने ईतिहासले धिकार्ने छ र समाजले फरक दृष्टि कोणले हेर्ने छ l देशलाई पुन :निर्माण गर्ने तर्फ लाग्ने अपरिहार्यता भएकोले मैले उम्मेदवारी फिर्ता लिएको हु ,तिवारीले बताए l
 तिवारीले नेपाली समुदायबाट पनि केहि आर्थिक सहयोग पाउने आशा राखेको बताए l तर भूकम्पको कारण सारा नेपाली समुदायले एक एक पैसा जुटाई देश पुन :निर्माणमा तल्लिन छन् l तर म आफु चुनाबको लागि चन्दा माग्दा अस्वाभाविक हुने र आर्थिक संकल जुट्ने सम्भावना क्षीण हुदै गएको देखे l तिवारीले अगाडी बताए ,आफ्ना प्रतिद्वन्दी उम्मेदवार संग आर्थिक संचय अधिक हुने तर आफु संग १० हजार डलर सम्म पनि बैंकमा संचय नहुने अवस्था हुने हुदा चुनाबमा ठुलो फरक हुने बताए l
यसको आधारमा पनि निर्वाचनमा उम्मेदवारको हैसियत र जित हार हुने भएकोले आर्थिक रुपमा सशक्त हुने सम्भावना कम रहेकोले उम्मेदवारी फिर्ता लिएको हु l
अब उनको स्थानमा को उम्मेदवार हुन्छ :
तिवारीले उक्त स्थान छोडे पछि त्यहि क्षेत्र बाट २ पटक चुनावी मैदानमा उत्रि २ पटक नै झिनो मतबाट पराजित भएका सशक्त उम्मेदवार अमेरिकन जोन बेल प्रतिस्पर्धामा उठ्ने भएका छन् l
अघिल्लो निर्वाचनमा जोन बेल पराजित भएता पनि वाशिंगटन पोस्टले बेललाई समर्थन गरेको थियो भने वाशिंगटन पोस्टले उम्मेदवारलाई समर्थन गरे उम्मेदवारको छबि राम्रो मानिन्छ l  वाशिंगटन पोस्टले समर्थन जनाए जित्ने सम्भावना पनि हुन्छ l
तर बेल उक्त क्षेत्र रिपब्लिकन पार्टीका उम्मेदवारसंग पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोश्रो निर्वाचनमा १ सय ८७ मतमा हारेका थिए l
बेलले तिवारीलाई डेमोक्रेटिक दलका युवा तथा सशक्त कार्यकर्ता हुन् भन्दै मेरो तर्फबाट तिवारीलाई पूर्ण सहयोग हुनेछ र मिलेर काम गर्ने प्रतिबद्ध जाहेर गरेका छन् l
 
चुनावी प्रचार प्रसारमा कहाँ सम्म अगाडी बढेको थियो :
तिवारीले भने आफुले ६ सय भन्दा ज्यादा घर दैलो अभियान गरि सकेको थिए l र नोवेम्बर ३ सम्म ९ हजार घर दैलो अभियान पुर्याउने लक्ष राखेको तिवारीले बताए l
आफुबाट झन्डै १० हजार डलर जति चुनावी खर्च भएको बताउदै चन्दादाताले पनि आर्थिक सहयोग गर्न सुरु गरि सकेका थिए , तिवारीले बताए l
नेपालमा भूकम्पको अवस्था र जनधनको ठुलो क्षति पछि मन सम्हाल्न नसक्ने अवस्था भए पछि तिवारीले डेमोक्राटिक पार्टीलाई आफैले उम्मेदवारी फिर्ता लिने सम्बन्धमा केन्द्रिय पदाधिकारीहरुसंग सबै कुरा राखेको बताए l उनीहरुले तिवारी उम्मेदवारी भएको क्षेत्र ८७ अत्यन्तै महत्वपूर्ण छ l दलले कुनै पनि हालतमा उक्त क्षेत्र गुमाउन चाहदैन भन्दै बिकल्पमा जोन बेललाई तयार गरेको बताए l
उनलाई डेमोक्राटिक पार्टी भर्जिनिया केन्द्रका पदाधिकारीले दलका लागि समर्पित तथा प्रतिबद्ध भएकोले भविष्यमा कुनै पनि समय र कुनै पनि स्थानमा उच्च प्राथमिकता तिवारीले पाउने छन् भनि जनाएको छ l
तिवारीले यहाँ सम्मको यात्रामा साथ दिने ,समर्थन गर्ने ,सहयोग गर्ने ,नैतिक बल दिने तथा संचार माध्यम समेतलाई बिशेष धन्यवाद दिएका छन् l
संसदका उम्मेदवार बनेका तिवारी डेमोक्राटिक दलमा विभिन्न तहमा २००९ देखि नै सक्रिय रही काम गर्दै आएका थिए l  पेसाले तिवारी घर खरिद तथा बिक्रि अभिकर्ता हुन् भने हाल उत्तर अमेरिका नेपाली समुदायको कै जेष्ठ अमेरिका नेपाल सोसाईटीका वर्तमान अध्यक्ष तथा गैर मुनाफा सामाजिक संस्था सोसल सर्भेंट अफ अमेरिकाका संस्थापक पनि हुन् l
विजय थापा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी