बेलायतमा केन्टबरी नेपाली समाजद्वारा श्रद्धाञ्जली अर्पण

बेलायतमा केन्टबरी नेपाली समाजद्वारा श्रद्धाञ्जली अर्पण

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

लण्डन । बेलायतस्थित केन्टबरी पिलग्रिम स्कुलको परिसरमा स्कुलका शिक्षकहरु, विद्यार्थीहरु र केन्टबरी नेपाली समाजले दिप प्रज्जलन गरि शक्तिशाली भुकम्पमा परि दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गदै श्रद्धाञ्जली अर्पण गरेका थिए  ।

महाभूकम्पका कारण धेरै धनजनको क्षति भोग्नु परेको छ भने हजारौ परिवार दुखशोकमा परेका छन । यस्तो आपतकालीन समयमा बेलायतका केन्टबरी शहरमा नेपाली समाजले १३औ दिनको पुण्यतिथी पार्दै दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गदै समाजले आर्थिक सहयोग  र राहत सामग्री संकलन गर्ने निणर्य गरेको जानकारी पिलग्रिम स्कुल खेल बिभागका मास्टर राजेश राईले जानकारी दिनु भएको हो ।

उक्त स्कुलका प्रधानध्यापक र उपप्रधानध्यापको संयोजन रहेको कार्यक्रममा केन्टबरी मेयर आलन्द नर्थ , ईथनीक माईनोरिटीका अध्यक्ष मिस्टर माईक वालिङ्ग, काउन्सिलर लिन बोवन, स्टी पोल्स चर्जका पादरी जे रिर्चड, केन्टबरी समाजका सल्लाहकार जीत घर्ती मगर, समाजसेबी सलिना राई , राजकुमार याख्ह , झापा निवासी कबिता राइ सार्थै दोश्रो गोर्खा पल्टनका  साजन्ट अनिल राई , साजन्ट कमल राईले हार्दिक सद्धान्जली र चिर शान्तिको कामना गदै दिप पज्जलन गरेका थिए । उपस्थित समारोहले २ मिनट मौनधारण गरेको कार्यक्रम  पिलग्रिम स्कुलका शिक्षिका सुजता राईले संन्चालन गरेकी थिईन ।

राष्ट्रिय विपतिको सामना गर्ने शतिm नेपाल र नेपालीलाई प्राप्त होस भनि केन्टबरी नेपाली समाज र बेलायती नागरिकले साथ दिईरहेका थिए । स्कुलका साना साना भाई बहिनी विद्यार्थीहरुले “लेट्स प्रे फर नेपाल”, “स्टे स्ट्रोङ्ग नेपाल” जस्ता निती वाक्य शव्द भएको नेपाली  झण्डा र हातमा क्याक्डिल बोकेको देखिरहदा शतप्रतिसत उपस्थिती समारोहले आशुको सागर बगाईरहेका थिए ।

हाम्रो देश नेपाल र नेपाली जनताले ईतिहासमै ठुलो प्राकृतिक प्रकोप सहनु परेको छ । मुलुकले अकल्पनिय क्षेति व्यहोरिरहेको छ । नेपालीहरुको यो दर्दानक परिबेशमा सहयोगका हातहरु महत्वपुर्ण देखिएका छन । हाम्रो सानो सहयोगले नेपाली समाज र नेपाली गाउ घरमा ठुलो भलो हुने छ ।

स्कुलका प्रधानध्यापक एलिस र शिक्षिका सुजताकोे संयोजकमा केन्टबरी नेपाली समाजले आर्थिक सहयोग र राहत सामग्री संकलन गरी उक्त राहत सामग्रीलाई जि डबल्यु टि  मार्फत नेपाल पठाउने निर्णय गरेको बताएका छिन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी