एनआरएनले भूकम्प पीडितका लागि एक हजार घर बनाउने

एनआरएनले भूकम्प पीडितका लागि एक हजार घर बनाउने

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौं बैशाख २३ ।  गैरआवासीय नेपाली संघ एनआरएनले नेपालको भूकम्प पीडितहरुका लागि विभिन्न जिल्लामा एक हजार घर बनाईदिने घोषणा गरेको छ ।
बुधवार पत्रकार सम्मेलन गरेर भूकम्प प्रतिरोधी र पर्यावरण मैत्री एक हजार घर निर्माण गर्ने एनआरएनका अध्यक्ष शेष घलेले घोषणा गर्नु भएको हो । एक हजार घरको लागत ३५ करोड हुने भनिएको छ ।
संघका अध्यक्ष शेष घलेले एउटा पुस्तालाई धान्ने गरी घर निर्माण गते र त्यसको लागि अध्ययन गर्न टोली खटाईएको बताउनु भयो ।
यसका लागि एनआरएनले बनाएको समितिले दिने प्रतिवेदनका आधारमा कस्तो घर बनाउने भन्ने निर्णय हुने छ । घर भूकम्प प्रतिरोधी, वातावरण तथा स्थानीय संस्कृति मैत्री हुनेमा पनि घलेले जोड दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी