व्यवसायी अन्तर्क्रिया, कर तालिम तथा तीज विशेष कार्यक्रम २०८३ भव्यताका साथ सम्पन्न

व्यवसायी अन्तर्क्रिया, कर तालिम तथा तीज विशेष कार्यक्रम २०८३ भव्यताका साथ सम्पन्न

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको आयोजनामा ‘व्यवसायी अन्तर्क्रिया, कर तालिम तथा तीज विशेष कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष केशव बहादुर सुनारको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल सुनचाँदी रत्न आभूषण महासंघका महासचिव निर बहादुर विश्वकर्मा (विमल धमला) को प्रमुख आतिथ्यता रहेको थियो।

प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरूलाई खादा, माला र ब्याजद्वारा स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष केशव बहादुर सुनारले व्यवसायीहरूलाई एकीकृत, पारदर्शी र व्यवस्थित ढङ्गले अगाडि बढ्न आह्वान गर्नुभयो। सो अवसरमा कोषाध्यक्ष जित बहादुर विश्वकर्माले सामाजिक सञ्जाल र डिजिटल माध्यमको जिम्मेवार प्रयोगमा जोड दिनुभयो भने सचिव भूपेन बि.के.ले आधुनिक प्रविधि र सफ्टवेयर प्रणाली अपनाउनुपर्ने बताउनुभयो।

त्यस्तै, प्रथम उपाध्यक्ष हरि बहादुर विश्वकर्मा, विशिष्ट सदस्य अर्जुन विश्वकर्मा र पूर्व अध्यक्ष टंक बहादुर बराईलीले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न, कानुनी सजगता अपनाउन र आपसी सद्भाव कायम राख्न जोड दिनुभयो।

कार्यक्रममा व्यवसायीहरूलाई कर नीतिका विषयमा स्पष्ट पार्न महेश पोखरेलले करसम्बन्धी विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो भने दीप अर्थसम्बन्धी जानकारीमूलक प्रस्तुति समेत गरिएको थियो।

हरितालिका तीजको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायिका पूर्णकला बि.सी., टीका सानु लगायतका विभिन्न कलाकारहरूले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको समापन विविध विधामा सम्मान, रात्रीभोज तथा आपसी शुभकामना आदानप्रदानका साथ गरिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी