न्युयोर्क । अमेरिकामा बस्दै आएका पूर्व कराते खेलाडी उज्ज्वलसिंह ठकुरीले विनाशकारी भूकम्पबाट पीडितका लागि आर्थिक सहयोग गर्ने भएका छन् ।
वासिङटन डिसीमा ट्याक्सी चलाउदै आएका ठकुरीले एक वर्षका लागि प्रति महिना २ सय अमेरिकी डलरका दरले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ मार्फत सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको खेलाडी संघका अध्यक्ष दीपक विष्टले जनाएका छन् ।
‘म सधैभन्दा दिनको २÷४ घण्टा बढी ट्याक्सी चलाएर भएपनि प्रत्येक महिना एक वर्षसम्मका लागि २ सय डलर आर्थिक सहयोग तपाईंहरुको खेलाडी संघमार्फत पठाउने छु ।’– ठकुरीलाई उद्धघृत गर्दै खेलाडी संघका अध्यक्ष विष्टले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline