साउदी, २८ चैत ।
नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा माओवादी निकट नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले विभिन्न १० बुँदे माग राखी साउदी स्थित नेपाली दुतावासमा ज्ञापन पत्र बुझाएको छ ।
मोर्चाले बुझाएको ज्ञापन पत्रमा मेनपावरले आकर्षक आर्थिक प्रलोभवन देखाएर रोजगारदातालाई विदेशमा पठाएर अलपत्र पार्ने गरेको भन्दै त्यस्ता मेनपावरलाई कडाभन्दा कडा कार्बाही गर्न माग गरेको छ ।
मोर्चाले त्यस्ता मेनपावरको लाइसेन्स खारेज गर्नु पर्ने, श्रमविभाग र रोजागरदाता लिने कम्पनिसंग फरक फरक सम्झौता गरिएको पाइएकोले त्यसलाई बन्द गर्न एयरपोर्टमा कडा चेकजाँच गर्नु पर्ने माग राखेको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा मोर्चाको सल्लाहकार समितीका सदस्यहरु लगायत केन्द्रिय समितिका अधिकाँस पदाधिकारीहरुको उपस्थितिको साथै केही पीडितहरुको पनि सहभागिता रहेको जानकारी सल्लाहकार समितिका सदस्य एबम मोर्चाको पुर्व संयोजक बिबेक लामाले जानकारी गराए।
साउदी अरबमा रहेको नेपाली राजदुतावासका राजदुत श्री उदयराज पाण्डेको जानकारी अनुसार आफ्नो नेतृत्वमा रहेको टिमले ४४ महिनाको कार्यकाल मजदुरहरुकै सेवामा समर्पित रहेपनी कतिपय कामहरु गर्न खोज्दाखोज्दै पनि हुन नसकेको र घरेलु कामदर महिलाको हकमा ८०% सुधार आएको जानकारी दिए।
मोर्चाका अध्यक्ष दिल सुब्बाले नेपाली जनप्रगतिशिल मोर्चा मजदुरहरुकै हक र हित चाहने भएकोले मजदुरहरुको समस्याको समाधानको लागि नेपाली दूतावास लगायत अन्य संघ संगठनसंग पनि हातेमालो गर्दै मजदुरहरुको समस्यालाइ निराकरण गर्न आफुहरु लागिपर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
ज्ञापन पत्र बोधार्थ मार्फत नेकपामाओवादी अन्तर्राष्ट्रिय व्युरो, परराष्ट्रमन्त्रालय, श्रम विभाग, श्रममन्त्रालय,अध्यागमन विभाग,बैदेशीकरोजगार संघमा पनि पठाइएको नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबका प्रचार विभाग प्रमुख रामु बस्नेतले जानकारी दिएका छन् ।