आईजीपी दानबहादुर कार्कीको राजीनामाबारेका समाचार भ्रामक, कारबाही गर्ने प्रहरीको चेतावनी

आईजीपी दानबहादुर कार्कीको राजीनामाबारेका समाचार भ्रामक, कारबाही गर्ने प्रहरीको चेतावनी

  • बिहिबार, कार्तिक १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्दै प्रसारित समाचार तथा टिप्पणीप्रति प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आईजीपी कार्कीको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै अपुष्ट र अनुमानका आधारमा समाचार तथा सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। यस्ता भ्रामक सामग्रीले नागरिकमा नकारात्मकता बढाउने, सुरक्षा जोखिम निम्त्याउने र प्रहरी संगठनको विश्वास, छवि तथा निष्ठामा आँच पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ। सीमित व्यक्तिहरूले सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने नियतका साथ यस्ता गतिविधि गरिरहेको प्रहरीको ठहर छ।

गलत र भ्रामक सूचना फैलाउनेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान गरी कारबाही अघि बढाइने चेतावनी दिँदै प्रहरीले समाचार सम्प्रेषणअघि तथ्य पुष्टि गर्न अनुरोध गरेको छ। नेपाल प्रहरी सरकारको निर्देशन र कानुनी दायरामा रही नागरिक सेवामा प्रतिबद्ध रहेको र कुनै पनि भ्रामक प्रचार वा दबाबबाट विचलित नभई आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ