कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ

  • बिहिबार, कार्तिक १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

ललितपुर, १२ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले उहाँहरुलाई शपथ दिलाउनुभएको हो । महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको थियो । उहाँबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिनुभएको हो ।

शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गर्नुभयो । त्यस अवसरमा संयोजक खड्काले उक्त महाधिवेशनलाई कांग्रेसले मात्र नभई आम नेपाली नागरिकले चासोका साथ लिएका बताउनुभयो । उहाँले देशमा विधिको शासन, संवैधानिक सर्वोच्चता कायम राख्न सबै केन्द्रीय पदाधिकारी तथा सदस्यलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ