काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज बिहीबार हुँदैछ।
केन्द्रीय निर्वाचन समितिले गत असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज आयोजना गर्न लागेको हो। सभापति गगन कुमार थापाले भने दशैंको फूलपातीका दिन अर्थात् असोज ३१ गते नै शपथ ग्रहण तथा पदबहाली गरिसकेका छन्।
निर्वाचन समितिका सदस्य सचिव राजु कटकाठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह आज (बिहीबार) हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिको आयोजनामा दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा शपथ ग्रहण कार्यक्रम तय गरिएको हो । निर्वाचन समितिले गत सोमबार नै सूचना जारी गरी नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिसकेको छ ।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूले आज औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । नवनिर्वाचित सभापति गगन कुमार थापाले भने गत असोज ३१ गते (दशैंको फूलपातीका दिन) नै शपथ ग्रहण तथा पदबहाली गरिसकेका छन् ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण पश्चात् आजै बस्ने केन्द्रीय कार्यसमितिको बैठकले बाँकी सदस्यहरू मनोनयन गर्ने तयारीसमेत गरेको छ ।
कांग्रेसको विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि असोज चौथो साता सम्पन्न महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय कार्यसमिति मात्रै चयन भएको थियो । विधान अनुसार बाँकी ६६ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।