अध्यक्ष ओलीको दाबी: ‘फागुन २१ को निर्वाचन चुनाव नभई प्रतिगमनको श्रृंखला’

अध्यक्ष ओलीको दाबी: ‘फागुन २१ को निर्वाचन चुनाव नभई प्रतिगमनको श्रृंखला’

  • बुधबार, कार्तिक ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २१ गते भएको निर्वाचन चुनाव नभएर प्रतिगमनको योजनाबद्ध दोस्रो श्रृंखला भएको आरोप लगाएका छन्।

आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवमनोनीत तीन जना केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै ओलीले देशमा अहिले कोही बोल्न नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको र सरकार बेलगाम फासीवादतर्फ अघि बढेको दाबी गरे। “देशमा गुण्डाराज चलिरहेको छ, सिङ्गो राज्यले स्वतन्त्रताको सही प्रयोग गर्न सकिरहेको छैन,” उनले भने, “यस्तो अवस्थाबाट देशलाई जोगाएर स्वतन्त्रता र स्वाधीनता पुनर्बहाली गर्न आन्दोलनको विकल्प छैन।”

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ आधुनिक नेपाल निर्माणको लक्ष्य लिएकाले देशको यो गम्भीर (‘क्रिटिकल’) अवस्था पार गराउने अभिभारा पनि आफ्नै पार्टीको काँधमा आएको उनले बताए। पार्टीको सही नीति, विचार, अनुशासन र एकताका आधारमा अघि बढेर जनतामा एमालेप्रतिको विश्वास पुनः फर्काउन सकिने ओलीको भनाइ थियो।

एमाले सधैँ सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

सो अवसरमा नवमनोनीत केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ