काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो कुनै पनि किसिमको चिनजान वा सम्पर्क नरहेको स्पष्ट पारेका छन् । सापकोटासँग जोडिएर सञ्चारमाध्यममा विभिन्न समाचारहरू सार्वजनिक भएपछि उनले एक विज्ञप्ति जारी गर्दै उक्त दाबी गरेका हुन् ।
आफ्नो नाम जोडेर आएका समाचारहरूमा सत्यता नरहेको उल्लेख गर्दै प्रधानन्यायाधीश शर्माले भनेका छन्, “जुन प्रसंग जोडेर मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष वा परोक्ष रूपमा चिनजान र सम्पर्कसम्म छैन, मैले कहिँकतै भेटेको पनि छैन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline