काठमाडौं । प्रभु बैंकका पूर्वसिइओ अशोक शेरचन कारागार चलान भएका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीशहरू गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको इजलासले उनलाई तीन मुद्दामा थुनामा पठाउने र एउटा मुद्दामा डेढ करोड धरौटी माग गर्ने आदेश भएको छ।
बैंकको सिइओ हुँदा गुण एयरलाइन्सलगायत कम्पनीलाई गैरकानुनी रूपमा कर्जा प्रवाह गरेको घटनामा उनीविरुद्ध बैंकिङ कसुरका चारवटा मुद्दा दर्ता भएका थिए। लामो समयदेखि फरार रहेका उनी आफैँ अदालतमा उपस्थित भएकोमा कारागार चलान भएका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline