माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन

  • मङ्लबार, अशोज २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेश, अन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रा.लिद्वारा प्रवद्र्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा (Solar PV) परियोजनाको वित्तीय व्यवस्थापन (Financial Closure) सफलतापूर्वक सम्पन्न गरेको छ । माछापुच्छ्रे बैंकको एकल लगानीमा सम्पन्न भएको यस परियोजनामा बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशत सम्म वित्तीय लगानी गर्नेछ साथै परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ । २० मेगावाट क्षमताको यस ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्न तथा ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासलाई थप टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पु¥याउने ऊर्जा पूर्वाधार परियोजनाहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु बैंकको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धताको निरन्तरताका रूपमा रहेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जा प्रवद्र्धन तथा दिगो आर्थिक विकासमा योगदान पु¥याउने परियोजनाहरूलाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ