भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुव्र्यवहारको आरोप, अनुसन्धान सुरु

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुव्र्यवहारको आरोप, अनुसन्धान सुरु

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन् ।

निर्वाचन आयोगले मतदाता सूचीमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ । आयोगका प्रमुख कुमारले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

शनिबार नयाँ दिल्लीस्थित सरकारद्वारा तोकिएको प्रदर्शनस्थल जन्तर मन्तर आसपास प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा केही महिला पत्रकारले प्रहरी अधिकारीहरूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।

दिल्ली प्रहरीले विज्ञप्ति जारी गर्दै तीन महिला पत्रकारबाट यौन दुव्र्यवहारको उजुरी प्राप्त भएको पुष्टि गरेको छ । प्रहरीले घटनाबारे निष्पक्ष र तटस्थ छानबिन गरिने जनाएको छ सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा एक उजुरीकर्ताले एक प्रहरी अधिकारीले आफूलाई धकेल्नुका साथै अनुचित रूपमा छोएको आरोप लगाएकी छन् ।

राजधानीमा आइतबार पनि विरोध प्रदर्शन जारी रहने कार्यक्रम छ । आन्दोलनमा वामपन्थी समूहहरू र ‘कक्रोच जनता पार्टी’ (सिजेपी) का समर्थकहरू पनि सहभागी हुँदैछन् । व्यङ्ग्यात्मक अनलाइन अभियानका रूपमा स्थापना भएको सिजेपीले मे महिनामा तत्कालीन शिक्षामन्त्रीलाई पदबाट हटाउने अभियान सञ्चालन गरेको थियो । सिजेपीका प्रमुख अभिजित दिपकेले शनिबार प्रहरीको धरपकडको आलोचना गर्दै आरोपित प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्न माग गर्नुभएको छ ।

वामपन्थी विद्यार्थी नेतृ नेहा बोराले प्रदर्शनकारीहरूलाई नयाँदिल्लीको इन्डिया गेटसम्म मार्च गर्न आह्वान गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत “सडकदेखि आन्दोलनसम्म महिलाहरू सुरक्षित छैनन्” भन्दै सुरक्षा सुनिश्चित गर्न माग गर्नुभएको छ ।

विपक्षी दलहरूले निर्वाचन आयोग प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को प्रभावमा काम गरिरहेको आरोप लगाएका छन् । उनीहरूले मङ्गलबार निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र त्यसपछि देशभर ‘लोकतन्त्र बचाउ’ अभियानअन्तर्गत विरोध कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

यसैबीच, सिजेपीले आगामी १० अक्टोबरमा नयाँ दिल्लीमा ‘युवा भारतीयहरूको व्यापक परिचालन’ का लागि आह्वान गरेको छ ।
—

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ