स्पेनी प्रधानमन्त्रीले नोभेम्बरमा अघिल्लो आम चुनाव घोषणा

स्पेनी प्रधानमन्त्रीले नोभेम्बरमा अघिल्लो आम चुनाव घोषणा

  • सोमवार, अशोज १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसद्को समय अवधि कायम रहेकै समय नोभेम्बर २९ मा आगामी आम निर्वाचन हुने घोषणा गर्नुभएको छ।

सान्चेजले स्थानीय समय बिहान ९ बजे मोनक्लोवा प्यालेसबाट भिडियो वक्तव्यमार्फत यो निर्णय घोषणा गर्दै सोमबार नै संसद् भङ्ग गर्न र चुनावको घोषणा गर्न असाधारण क्याबिनेट बैठक बोलाउने बताउनुभएको थियो ।

यो निर्णय शुक्रबार संसदले आवास सङ्कट कम गर्न र भाडावालहरूको सुरक्षा बलियो बनाउन ल्याइएका दुई सरकारी अध्यादेश अस्वीकार गरेपछि आएको हो । पिपुल्स पार्टी, भोक्स र कन्जरभेटिभ क्याटालानियाली पार्टी ‘जुन्ट्स पर क्याटालुन्या’ले दुवै अध्यादेशविरुद्ध मतदान गरेका थिए ।

यो अस्वीकृतिले सान्चेजको स्पेनी समाजवादी मजदूर पार्टी नेतृत्वको गठबन्धन सरकारको कमजोर संसदीय स्थिति उजागर गरेको छ । यो सरकारले कानुन पारित गर्न साना र क्षेत्रीय दलहरूको समर्थनमा भर पर्दै आएको छ । यसले सन् २०१८ देखि स्पेनको सरकारको नेतृत्व गर्दै आएको छ ।

स्पेनको ३५० सिटको ‘कङ्ग्रेस अफ डिपुटीज’मा सान्चेजको दलका १२१ सिट रहेको छ भने यसको गठबन्धन साझेदार, वामपन्थी गठबन्धन सुमारसँग २६ सिट छ । त्यसैले गठबन्धनलाई बास्क राष्ट्रवादी पार्टी र क्याटालान रिपब्लिकन लेफ्टलगायत अन्य दलहरूको समर्थन चाहिन्छ ।

सान्चेजले आफ्नो सरकारको एजेन्डा अगाडि बढाउन नवीन सार्वजनिक समर्थन र व्यापक प्रगतिशील बहुमत खोजिरहेको बताउँदै नयाँ निर्वाचनको घोषणा गर्नुभएको हो । उहाँले आफ्नो सरकारले गल्तीहरू गरेको र सबै उद्देश्य हासिल गर्न नसकेको पनि स्वीकार गर्नुभयो ।

यो घोषणा स्पेनको आवास सङ्कटविरुद्ध व्यापक प्रदर्शनहरूबीच आएको हो । सप्ताहन्तमा म्याड्रिड र अन्य शहरहरूमा प्रदर्शनकारीहरूले यो सङ्कट टार्नका लागि सरकारको आवश्यक पहलको माग गर्दै प्रदर्शन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ