संयुक्त राष्ट्रसंघको महासभा सकिएपछि पनि न्युयोर्कमै बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाद्वारा निष्कासन

संयुक्त राष्ट्रसंघको महासभा सकिएपछि पनि न्युयोर्कमै बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाद्वारा निष्कासन

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

१८ असोज, २०८३ (४ अक्टोबर, २०२६)
काठमाडौँ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी इरानी प्रतिनिधि मण्डलका दुई सदस्यलाई अमेरिकाले देश निकाला गरेको छ। संयुक्त राष्ट्र महासभा सम्पन्न भएको केही दिन बितिसक्दा पनि ती दुई इरानी कूटनीतिज्ञ न्युयोर्कमै बसिरहेको पाइएपछि उनीहरूलाई अमेरिकाबाट बाहिर पठाइएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियसले जनाएको छ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कडा निर्देशनपछि उनीहरूलाई तत्काल अमेरिका छाड्न भनिएको थियो। गत सोमबार अमेरिकी विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघका लागि रहेको इरानी नियोगलाई महासभाका सम्पूर्ण प्रतिनिधिमण्डललाई तत्काल देश छाड्न निर्देशन दिएको भए पनि ती दुई कूटनीतिज्ञले सो निर्देशन पालना नगरेको अमेरिकाको भनाइ छ। शुक्रबार अमेरिकी अधिकारीहरूले इरानी नियोगलाई उनीहरू अझै न्युयोर्कमै रहेको जानकारी गराउँदै पुनः तत्काल छाड्न ताकेता गरेपछि एक जना कूटनीतिज्ञ शुक्रबार राति र अर्का कूटनीतिज्ञ शनिबार बिहान अमेरिकाबाट बाहिरिएका छन्।

अमेरिका र इरानबीच कूटनीतिक तनाव चुलिँदै गएको र सैन्य संघर्षको सम्भावना पुनः बढिरहेका बेला यो निष्कासनको घटना सार्वजनिक भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार यो कदमले इरानसँगको मामिलामा अमेरिकी सरकार कडा रूपमा प्रस्तुत भइरहेको संकेत गर्छ, जसले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप जटिल बनाउने देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ