विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

  • शुक्रबार, अशोज १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

काठमाडौँ, १६ असोजः ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट सङघ (क्यान)ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

यही असोज २१ गतेदेखि सुरु हुने विश्वकप क्रिकेट लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् । उक्त शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल समावेश छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी