एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

  • बुधबार, अशोज १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौँ, १४ असोज : बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ । गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ । यस्तै, महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ । उहाँले खेलाडीले राम्रो अभ्यास पाएकाले नतिजा सकारात्मक आउनेमा विश्वस्त रहेको बताउनुभयो ।

यस्तै, जुडोमा निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । निशाले महिला ४८ केजीमुनि, देवकीमायाले ५२ केजीमुनि तथा विशेषले पुरुष ६६ र विकासले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष रानामगर सेमिफाइनलमा पुगेका छन् । मङ्गलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्ड र आशिषले २११.८६ सेकेन्डको समय निकाल्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए ।

जारी संस्करणको एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी