पश्चिमा प्रतिवन्धका बीच आज रुसी राष्ट्रपति भ्लादीमीर पुटिन भारतको दुई दिने भ्रमणमा आँउदै

पश्चिमा प्रतिवन्धका बीच आज रुसी राष्ट्रपति भ्लादीमीर पुटिन भारतको दुई दिने भ्रमणमा आँउदै

  • बिहिबार, मंसिर १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सन् २०२२ फेब्रुअरी २४ देखि युक्रेनसँग युद्धमा रहेको रुसका राष्ट्रपति भ्लादीमीर पुटिन आज दुई दिने भ्रमणका लागि भारत आँउदैछन् । भोली हुने प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर वार्तामा पुटिनले रक्षा सम्बन्ध, रणनीतिक ब्यापार लगायतका महत्वपूर्ण बिषयमा शिखर वार्ता गरेर सम्झौतामा हस्ताक्षर गर्ने भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले लेखेका छन् ।

भारत र रुसबीच हुने २३ औँ शिखर सम्मेलनलाई पुटिन र मोदीले संवोधन गर्नेछन् ।

पश्चिमा प्रतिवन्धका बीच रुसबाट भारतले ठूलो परिणाममा कच्चा तेल आयात गर्दै आएको छ ।

यस भ्रमणका क्रममा पुटिनसँग भारतले अत्याधुनिक एस–५०० एयर डिफेन्स सिस्टम खरीदबारे पनि प्रस्ताव राख्ने छन् ।

विभिन्न हतियारको मामलामा भारत दशकौँदेखि रुसमाथि निर्भर रहँदै आएको छ । रुसले पनि प्रविधि सहित अत्याधुनिक लडाकु विमान, एस ४०० एयर डिफेन्स सिस्टमहरु उपलव्ध गराउदै आएको छ ।

अमेरीका र युरोपेली प्रतिवन्धका बीच नियमित व्यापारीक रुटबाट रुसी लडाकु विमानहरुको सुरक्षा घेर सहित पुटिन नयाँ दिल्लीमा अवतरण गर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी