हङकङमा आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो, तीन सय अझै बेपत्ता

हङकङमा आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो, तीन सय अझै बेपत्ता

  • शुक्रबार, मंसिर १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

हङकङको ताईपोस्थित वाङफुक कोर्टमा बुधबार भएको भीषण आगलागीमा एक अग्निनियत्नत्रकसहित मृत्यु भएकाको संख्या ९४ पुगेको छ। यस्तै घटनामा ११ अग्निनियन्त्रकसहित ७६ जना घाइते भएको र अझै ५६ जना अस्पतालमा रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बीबीसीका अनुसार अझै करिब ३०० जना बेपत्ता रहेको पनि रिपोर्ट गरिएको छ। बुधबार ताईपो जिल्लाका आठ भवनमध्ये सातमा आगो फैलिएको थियो।

हालैको तथ्यांकअनुसार, त्यहाँ ४ हजार ६०० जनाको हाराहारीमा मानिस बस्थे। आगलागी कसरी सुरु भयो भन्ने विषयमा पत्ता लाग्न बाँकी नै छ। अधिकारीहरूले यसको अनुसन्धान सुरु गरेका छन्।

प्रहरीले भवनको बाहिरी भागमा प्रयोग गरिएको सामग्री अग्निप्रतिरोधी नभएको बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी