हङकङको बहुतले भवनमा भीषण आगलागी दर्जनाको मृत्यु, सयौँ वेपत्ता

हङकङको बहुतले भवनमा भीषण आगलागी दर्जनाको मृत्यु, सयौँ वेपत्ता

  • बिहिबार, मंसिर ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

हङकङको ताईपोमा बहुतले भवनमा भीषण आगलागी हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ भने सयौँ वेपत्ता भएका छन् । अहिले सम्म ३६ जनाको मृत्यु भईसकेको छ ।

स्थानीय मिडियाहरूमा उल्लेख गरिएअनुसार अझै २७९ जना बेपत्ता छन् भने २९ जनालाई अस्पताल भर्ना गरिएको छ।

आगलागी भएका भवनमा ठूलो संख्यामा मानिसको बसोबास थियो। हङकङ समय बिहीबार बिहान ३ बजेसम्मको विवरणअनुसार ९०० बढी बासिन्दालाई सामुदायिक हलहरूमा आश्रय दिइएको छ।

जुलाई २०२४ देखि स्टेटका आठ आवासीय ब्लकको मर्मतसम्भार भइरहेको थियो। जहाँ बाँसको स्काफोल्डिङलाई हरियो जालीले ढाकिएको थियो।

मर्मत सम्भार भइरहेका ती भवनमा स्टाइरोफोम पदार्थ फेला परेकोले आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूले बताएका छन्। यद्यपि, घातक आगलागीको ठोस कारण पत्ता लगाउन सरकारले अनुसन्धान गरिने बताएको छ।

आगलागीमा परेका सात भवनमध्ये तीन वटामा ठूलो क्षति पुगेको छ। बुधबार दिउँसोबाट सुरु भएको आगलागी झन्डै १० घण्टापछि बिहीबार बिहान नियन्त्रणमा आएको छ।

अप्रत्याशित र विपत्तिजन्य घटना घटेपछि शातिनस्थित प्रिन्स अफ वेल्स अस्पतालमा राति नै पत्रकार सम्मेलनमार्फत घटना विवरणबारे जानकारी गराएका हङकङका प्रमुख कार्यकारी जोन लीले आगलागीलाई ठूलो विपत्ति भनेका छन्।

साथै, सहरमा डिसेम्बर ७ का लागि तोकिएको संसद्‌को चुनावी गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

यसअघि, राष्ट्रपति सी जिनपिङले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाबारे दुस्ख व्यक्त गरेका थिए। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार राष्ट्रपति सीले हताहती र क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न आह्वान गरेका थिए।

आगलागी बुधबार दिउँसो २स्५१ बजे सुरु भएको प्रहरीले जनाएको छ। त्यसको केही समयमै वाङफुक कोर्टमा रहेको घटनास्थलबाट धुवाँको मुस्लो निस्किएको थियो भने आगो द्रुत गतिमा स्टेटको आठ ब्लकमध्ये सात वटामा फैलिएको थियो।

सुरुमा नम्बर १ अलार्म फायरको रूपमा वर्गीकृत गरिएको आगलागी तुरुन्तै दिउँसो ३स्३४ बजे नम्बर ४ र त्यसपछि साँझ ६स्२२ बजे शीर्ष तह ५ मा वर्गीकरण गरिएको थियो। हङकङमा आगलागीलाई एकदेखि पाँचसम्मको स्केलमा वर्गीकरण गरिन्छ। उच्च संख्याले बढी गम्भीरतालाई जनाउँछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी