भियतनाममा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति, ९० जनाको मृत्यु

भियतनाममा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति, ९० जनाको मृत्यु

३० लाख जिउदो पशु चौपाया बगे, २ लाख घरमा क्षति

  • सोमवार, मंसिर ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं । भियतनाममा शक्तिशाली बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ ।

अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन । यसले २ अर्ब डलर बराबरको क्षति भएको अधिकारीहरुले बताएका छन् ।

तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ ।

डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सी र उनकी श्रीमती दुई रातसम्म घरको छतमा फसे । ‘हाम्रो गाउँ–छिमेक लगभग पूर्ण रूपमा नष्ट भयो, केही पनि बाँकी रहेन। चिहानहरू समेत ढाकिए,’ उनीहरुले एएफपीसँग भनेका छन् । छतमा चढ्न सफल भए पनि आफूहरू सुरक्षित महसुस नगरेको उनीहरुले बताएका छन् ।

नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । प्रान्तमा दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले जनाएको छ ।

सामान्यतया बाढीबाट जोगिन स्टलहरूलाई करिब पाँच सेन्टिमिटर उचाइमा राखिन्थ्यो, तर यसपटक पानी एक मिटरभन्दा माथि पुग्दा त्यो उपाय पनि निकम्मा भएको छ ।

गत हप्तामा डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टरभन्दा बढी चामल र अन्य बाली नष्ट भएको थियो भने करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा मरेका वा बाढीमा बगेको अधिकारीहरुले बताएका छन् ।

सरकारले बाढी–पीडितलाई राहत बाँड्न हेलिकप्टर परिचालन गरेको छ । दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी खानेकुरा र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको राज्य सञ्चालित टुओई ट्रे न्युजले जनाएको छ ।

भियतनामको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो वर्ष जनवरीदेखि अक्टोबरसम्म प्राकृतिक प्रकोपका घटनाले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ ।

यो बाढीमा ३० लाख जिउदो पशु चौपाया बगेको र २ लाख घरहरुमा क्षति पुगेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी