ईजरायलद्धारा लेवनानमा आक्रमण

ईजरायलद्धारा लेवनानमा आक्रमण

  • सोमवार, मंसिर ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको छ। एक वर्षअघि भएको युद्धविराम उल्लंघन गर्दै इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हमला गरी हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इसराइलले गरेको छ।

हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाईको मृत्यु भएको पुष्टि गरेको छ।

हिजबुल्लाहले यसको प्रतिवाद गर्ने घोषणा गर्दै त्यसको निर्णय वरिष्ठ नेतृत्वले गर्ने बताएको छ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको छ।

आक्रमण एउटा बहुतले भवनमा भएको थियो। त्यहाँ भएको विस्फोटले सडकमा सवारी साधनमा समेत क्षति पुगेको छ।

विस्फोटपछि त्यहाँ मानिसहरूको भागाभाग भएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी