विहारका मुख्यमन्त्रीमा फेरी नीतिश कुमार

विहारका मुख्यमन्त्रीमा फेरी नीतिश कुमार

  • बिहिबार, मंसिर ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

जनता दल युनाइटेडका नेता नितिश कुमारले आज १०औँ पटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै छन्।

हालै सम्पन्न बिहार विधानसभामा आफ्नो पार्टी सम्मिलित गठबन्धन एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) ले दुईतिहाइ बहुमत हासिल गरेपछि नितिशले बुधबार राज्यपाल आरिफ मोहम्मद खानसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए।

त्यसअघि उनी एनडीए विधायक दलको नेता चयन भएका थिए।

बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह आज पटनाको गान्धी मैदानमा आयोजना हुनेछ।

जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत पनि सहभागी हुनेछन्।

हालै सम्पन्न चुनावमा एनडीएले बिहारका २४३ विधानसभा सिटमध्ये २०२ स्थानमा जित हासिल गरेको छ।

जसमध्ये एनडीएका घटकहरू भाजपाले ८९ सिट जित्यो भने नितिश कुमारको जनता दल ९युनाइटेड० ले ८५ सिट जितेको छ।

यस्तै चिराग पासवानको लोक जनशक्ति १९ सिट जितेर एनडीएमा तेस्रो र बिहारमा चौथो ठूलो दल बनेको छ। हिन्दुस्तानी अवम मोर्चाले ५ र राष्ट्रिय लोक मोर्चाले ४ सिट जितेका छन्।

विपक्षी महागठबन्धले भने केवल ३५ सिट जित्यो। बाँकी सिट अन्यले जिते।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी