शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बुधवार टर्की जादै

शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बुधवार टर्की जादै

  • मङ्लबार, मंसिर २, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्तालाई “पुनर्जीवित“ गरी रूससँग थप युद्धबन्दी आदान–प्रदान गर्न बुधबार टर्कीको भ्रमण गर्ने बताउनु भएको छ ।

यस वर्षको सुरुमा इस्तानबुलमा भएको रूस–युक्रेनको तीन चरणको वार्तामा कुनै सम्झौता नभए पछि वार्ता असफल भएको थियो । मस्कोले भने युद्धविरामलाई अस्वीकार गरी युक्रेनी शहरहरूमा निरन्तर बमबारी गरिहेको छ ।

वार्तालाई पुनर्जीवित गर्ने तयारी गरिरहेको जनाउदै जेलेन्स्कीले साझेदारहरूलाई प्रस्ताव गर्ने समाधानहरू विकास गरेको सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ । उहाँले “पिओडब्लु” मार्फत युद्धबन्दीहरूलाई आदान–प्रदान गर्ने काम पनि गरिरहेको बताउनु भएको छ ।

यस अघि कैदी आदान–प्रदान तथा मृत सैनिकहरूको शव फिर्ता गर्न गत मे – जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच सम्झौता भएको थियो ।

अन्तिम पटक कैदी आदान–प्रदान अक्टोबरको सुरुमा भएको थियो, जसमा मस्को र किभ प्रत्येकले १८५ कैदीहरू साटासाट गरेका थिए ।

जेलेन्स्कीको बयानमा रूसबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

गत हप्ता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा युद्ध अन्त्ये गर्न रूस “वार्ता प्रक्रियाका लागि खुला“ रहेको बताउनु भएको थियो यद्देपी पछिल्लो समयमा रूसले हाल सम्म कुनै योजना तथा प्रतिक्रीया सार्वजनिक गरेको छैन ।

यस अघि बढ्दो रूसी दमन र व्याप्त भ्रष्टाचार घोटालाको बीचमा जेलेंस्की युक्रनी सेना र देशको बिग्रिएको ऊर्जा पूर्वाधारका लागि समर्थन जुटाउन युरोपेली भ्रमणमा हुनुहुन्थ्यो ।

उहाँले मङ्गलबार स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्ने कार्यक्रम तय भएको छ । यस अघि, उहाँले फ्रान्ससँगको सम्झौतामा हस्ताक्षर गरी किएभलाई सय वटा लडाकू जेटहरू र ड्रोनसहितका सामाग्री प्राप्त गर्ने व्यवस्था मिलाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी