युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

  • आइतवार, कार्तिक ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने बताउनुभएको छ।

अक्टोबरमा मस्कोले सन् २०२२ को आक्रमणको सुरुवातदेखि युक्रेनी ग्यास सुविधाहरूमा व्यापक बमबारी सुरु गरेको थियो । आक्रमणका कारण नागरिकहरूले न्यानोका लागि प्रयोग गर्ने इन्धनको मुख्य स्रोतको उत्पादन ६० प्रतिशत रोकिएको थियो।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हामीले युक्रेनलाई ग्यास आपूर्ति गर्ने विषयमा ग्रीससँग सम्झौता गरिसकेका छौँ ।”

जेलेन्स्कीले थप्नुभयो, “किएभले रूसी हमलाका कारण भएको ‘लगभग दुई अर्ब युरो’ अर्थात् झण्डै २.३२ अर्ब अमेरिकी डलर उत्पादन घाटालाई कभर गर्न वित्तीय सम्झौताहरू पनि सुनिश्चित गरेको छ।

यो कोष युक्रेनी सरकार, युरोपेली आयोगद्वारा सुनिश्चित गरिएका युरोपेली, युक्रेनी बैङ्कहरू र नर्वेबाट व्यवस्थापन गरिनेछ ।

युक्रेनी राष्ट्रपतिले भन्नुभयो, “आफ्ना युरोपेली र अमेरिकी सहयोगीहरूका अतिरिक्त उहाँ अजरबैजानसँग सम्झौता गर्न ‘सक्रियता’ का साथ काम गरिरहेको बताउनुभएको छ। उहाँले पूर्व सोभियत गणतन्त्रबाट ग्यास आयातको लागि ‘दीर्घकालीन सम्झौता’ पूरा गर्ने आशा गर्नुभएको छ।”

जेलेन्स्कीको यो घोषणा फ्रान्स र स्पेनको युरोपेली भ्रमणअघि आएको हो । उहाँको कार्यालयले उहाँ ग्यास आपूर्ति सुनिश्चित गर्न आइतबार नै ग्रीस जाने एएफपीसँग बताएको छ।

रूसी बमबारीले गत हिउँदमा नै राष्ट्रिय ग्यास उत्पादनमा आधा प्रभाव परेको युक्रेनी सरकारले जनाएको छ।

युक्रेनको ऊर्जा नेटवर्कको बिरूद्ध पहिलो व्यवस्थित आक्रमण सन्ु २०२२ को अन्त्यमा सुरु भएको थियो। यसले व्यापक बिजुली अभाव सिर्जना गरेको थियो र लाखौँ मानिसहरूलाई चिसो तापक्रम र अन्धकारबीच बस्न बाध्य पारेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी