टर्कीको सैन्य मालवाहक ट्रक अजरबैजान नजिक दुर्घटनाग्रस्त

टर्कीको सैन्य मालवाहक ट्रक अजरबैजान नजिक दुर्घटनाग्रस्त

  • बुधबार, कार्तिक २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

२६ कात्तिक, काठमाडौं । टर्कीको एउटा सैनिक मालवाहक विमानमा अजरबैजानको सिमाना नजिक पर्ने जर्जियामा दुर्घटना भएको छ । सो विमानमा २० जना सवार थिए । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन्, तर विस्तृत जानकारी दिएका छैनन् ।

टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् दिएको जानकारी अनुसार, सी–१३० विमान अजरबैजानबाट टर्की फर्किंदै गर्दा मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयका अनुसार, विमानमा चालक दलसहित २० जना सैनिक थिए । टर्कीका गृहमन्त्री अली येरलिकायाका भनाइअनुसार, जर्जियाली अधिकारीहरू बेलुकी करिब ५ बजे दुर्घटनास्थलमा पुगेका थिए र खोज तथा उद्धार कार्य जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी