एजेन्सी । क्यारेवियन राष्ट्र भेनेजुएलामा सत्ता परिवर्तनका लागि सैन्य आक्रमण गर्न अमेरीकाले तयारी गरीरहेको छ । केही समय अघि देखि भेनेजुएलाका बोटहरुमा अमेरीकाले हमला गरीरहेको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अपदस्त गर्न चाहन्छन् । केही समय अघि सिआईएलाई उनले अनुमति दिएका थिए ।
हालै भेनेजुएलाकी भूमिगत नेतृलाई नोवेल पुरस्कार समेत प्रदान गरिएको थियो । अहिले उनले पनि आफ्नै देशमाथि सैन्य हस्तक्षेप गर्न अमेरीकासँग माग गरेकी छन् ।
भेनेजुएलामाथि हमलाको तयारीका रुपमा नजिकै युद्धपोत र लडाकु विमानहरु अमेरीकाले तैनाथ गरिरहेको बाट पनि स्पष्ट हुन्छ ।
यता भेनेजुएलाले पनि संभावित अमेरीकी हमला र सत्ता परिवर्तनको षड्यन्त्र भन्दै आफ्नो सैन्य तैनाथी बढाएको छ । उसले रुसबाट एयर डिफेन्स सिस्टम र क्षेप्यास्त्रहरु खरीद गरेर तैनाथ राखेको छ । रुस र चीन भेनेजुएलाको महत्वपूर्ण सहयोगी शक्तिहरु हुन् ।