गाजामा जेनेसाईड र मानवताविरोधी अपराध गरेको आरोपमा टर्कीद्धारा ईजरायली प्रधानमन्त्री सहित ३७ जना बिरुद्ध पक्राउ पूर्जी जारी

गाजामा जेनेसाईड र मानवताविरोधी अपराध गरेको आरोपमा टर्कीद्धारा ईजरायली प्रधानमन्त्री सहित ३७ जना बिरुद्ध पक्राउ पूर्जी जारी

  • शनिबार, कार्तिक २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

गाजामा प्यालेष्टाईनी नागरिकहरुमाथि जेनेसाईड गरेको र मानवता विरोधी अपराध गरेको भन्दै टर्कीले ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्हु सहित ३७ जना अधिकारीहरु बिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

गजामा नरसंहार र मानवताविरूद्धको अपराध गरेको आरोपमा इस्तानबुल सार्वजिनक अभियोजकको कार्यालयले इसराइली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जना अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार प्रधानमन्त्री नेतन्याहूसहित रक्षामन्त्री इसराइल कात्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर, र सेनाप्रमुख इयाल जामिरविरूद्ध नरसंहार र मानवताविरूद्धको अपराधमा मुद्दा दर्ता भएपछि पक्राउ आदेश जारी भएको हो।

अभियोजक कार्यालयका अनुसार गजामा भएका युद्ध अपराध तथा पछिल्लो महिनामा गजातर्फ राहत लिएर जाँदै गरेको ट्रकमा इसराइली सेनाले गरेको आक्रमणका घटनामा यी अधिकारीहरू संलग्न रहेको आरोप लगाएको छ।

इसराइलले टर्कीको कदमको कडा आलोचना गरेको छ। इसराइली विदेशमन्त्री गिडेओन साआरले यसलाई राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको प्रचारको हतियार भनेका छन्। हमासले टर्कीको कदमको स्वागत गरेको छ।

यसअघि यो साता इस्तानबुलमा मुस्लिम बहुल मुलुकहरूको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम योजनाअन्तर्गत ‘इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स’ गठनबारे छलफल गरेको थियो।

यो बलले नयाँ प्यालेस्टिनी सुरक्षा बललाई तालिम दिने र गाजामा स्थायित्व कायम गर्ने जिम्मेवारी पाउने तयारीमा छ।

महिना दिनअघि इसराइल र हमासबीच युद्धविराम गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

अमेरिकी अधिकारीहरूका अनुसार हमासलाई युद्धविराममा राजी गराउन टर्कीले भूमिका खेलेको थियो। त्यसकारण टर्की पनि आइएसएफमा सहभागी हुन सक्ने देशहरूमध्ये एक हो।
गजामा नरसंहार र युद्ध अपराधको मुद्दामा गत वर्षमात्रै नेतन्याहूविरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी