फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता

फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता

  • बुधबार, कार्तिक १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

आइतवार देखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरुको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सकोे नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।
ओसीडीका उप प्रशासक राफेलिटो अलेजान्ड्रोले सबै भन्दा बढी प्रभावित सेबु प्रान्तमा चक्रवातका कारण ४९ जनाको मृत्यु भएको मिडियालाई बताउनु भएको छ ।

उहाँका अनुसार आँधीका कारण कम्तीमा १० जना घाइते भएका छन् भने ७ लाख ६ हजार भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।

बुधबार सम्म, फिलिपिन्सकोे मौसम विज्ञान विभागले कलमेगी केन्द्र एल निडो, पलावनमा २५ किलोमिटर प्रति घण्टाको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै १२० किलोमिटर प्रति घण्टाको अधिकतम हावा र १६५ किलोमिटर प्रति घण्टा हावाको साथ आएको जनाएको छ ।

विभागका अनुसार कलमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २० औँ चक्रवात हो ।

प्रशान्त चक्रवात क्षेत्रमा अवस्थित फिलिपिन्सले प्रत्येक वर्ष औसत २० वटा चत्रदवातको सामना गर्ने गरेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी