बेलायतका राजा चार्ल्सले खोसे आफ्ना कान्छा भाइ एन्ड्र्यूको राजकीय अधिकार, राजभवनबाट पनि निकालिने

बेलायतका राजा चार्ल्सले खोसे आफ्ना कान्छा भाइ एन्ड्र्यूको राजकीय अधिकार, राजभवनबाट पनि निकालिने

  • शुक्रबार, कार्तिक १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

बेलायतका राजा चार्ल्स तृतीयले आफ्ना कान्छा भाइ एन्ड्र्यूको राजकीय अधिकार खोसेका छन्। बकिंघम दरबारले विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी गराएको हो।

दरबारले अब उनलाई एन्ड्र्यू माउन्टब्याटन विन्डसर नामले मात्रै चिनिने भनेको छ । उनलाई लण्डनस्थित राजसी निवास रोयल लजबाट समेत निकालिने र बस्नका लागि निजी आवासको व्यवस्था गरिने बकिंघम दरबारले जनाएको छ।

बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँगको सम्बन्धका कारण इन्ड्र्यूलाई राजकीय पद, अधिकार र सम्मानबाट बञ्चित गराइएको न्यूयोर्क टाइम्सले लेखेको छ।

एपस्टिनले शक्तिशाली व्यक्तिहरुका लागि ुकलिला किशोरीहरू व्यवस्था गर्नेु चर्चा केही दशकदेखि नै चल्‍दै आएको थियो।

यो वर्ष अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि एपस्टिनको ५० औं जन्मदिनमा शुभकामना सन्देश पठाएको सार्वजनिक गरेको थियो।

एपस्टिनले त्यति बेला वेश्यावृत्तिमा प्रयोग गरेका कतिपय किशोरीले हुर्किसकेपछि उक्त घटना सार्वजनिक गरेका थिए। एक महिलाले वर्षौंअघि आफू किशोरी हुँदा तत्कालीन बेलायती राजकुमार एन्ड्रयूले यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।

यही कारणले सन् २०१९ मा एन्ड्रयूलाई सार्वजनिक जिम्मेवारीबाट निलम्बन गरिएको थियो भने २०२२ मा महारानी एलिजाबेथ द्वितीयले एन्ड्र्यूको सैनिक उपाधि र ुहिज रोयल हाइनेसु को प्रयोग अधिकार फिर्ता लिएकी थिइन्। त्यसबेला उनले सबै सार्वजनिक जिम्मेवारीबाट पनि हटाइएका थिए।

एन्ड्र्यूले आफूमाथि बलात्कारको आरोप लगाउने ती महिलालाई करोडौं डलर दिएर अदालत बाहिरै मुद्दा मिलाएका थिए। ती महिलाले गत अप्रिलमा आत्महत्या गरेकी थिइन्।

बेलायतको संसदमा पनि यो विषय उठ्दै आएको छ। यसबारेमा एन्ड्र्यूमाथि अनुसन्धान हुनुपर्ने भनेर सांसदहरूले आवाज उठाएका थिए।

यद्यपि बिहीबार तीन अनुच्छेदको विज्ञप्ती जारी गर्दै दरबारले यसका लागि संसदको स्वीकृति आवश्यक नपर्ने बताएको छ।

कानुनी सल्लाहकारहरूका अनुसार राजा चार्ल्सले आफ्नो अधिकारभित्रै रहेर यो कदम उठाएका हुन्, ताकि संसदले अन्य राष्ट्रिय मुद्दामा ध्यान केन्द्रित गर्न सकोस्।

राजपरिवारको इतिहासमा यस्तो कडा कदम सन् १९३६ मा राजा एडवर्ड अष्टमले अमेरिकी विवाहित महिलासँग विवाह गर्न गद्दी त्यागेको घटनापछि पहिलो पटक भएको बताइन्छ।

एन्ड्र्यूलाई अहिले नर्फोकस्थित स्यान्ड्रिङ्घम दरबार परिसरमा रहेको निजी निवासमा सारिने तयारी गरिएको छ। राजाले उनलाई आफ्नै निजी कोषबाट आर्थिक सहयोग गर्ने जनाइएको छ।

ुराजाले यो निर्णय पीडित र दुर्व्यवहारका सिकार भएका सबैको सम्मानका लागि लिएको हो,ु दरबारले विज्ञप्तिमा उल्लेख गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी