दक्षिणी चीन सागरमा अमेरीकी लडाकु विमान र हेलिकप्टर दुर्घटनाग्रस्त

दक्षिणी चीन सागरमा अमेरीकी लडाकु विमान र हेलिकप्टर दुर्घटनाग्रस्त

  • सोमवार, कार्तिक १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

दक्षिणी चीनीया सागरमा सैन्य अभ्यासका क्रममा अमेरीकी सेनाको लडाकु विमान र हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

अमेरिकी नौसेना प्रशान्त फ्लिटका अनुसार आइतबार दक्षिण चीन सागरमा अमेरिकी नौसेना हेलिकप्टर र लडाकु विमान ३० मिनेटको फरकमा दुर्घटनामा परेका हुन्।

सौभाग्य१ दुवै दुर्घटनामा चालक दलका सबै सदस्य सुरक्षित छन्।

अमेरिकी नौसेनाले आइतबार साँझ सामाजिक सञ्जालमा पोस्ट गरेअनुसार समुद्री स्ट्राइक स्क्वाड्रन (एचएसएम) ७३ मा जोडिएको हेलिकप्टर स्थानीय समय आइतबार दिउँसो २ः४५ बजे विमानवाहक जहाज यूएसएस निमित्जबाट नियमित मिसनमा उडेको थियो। तर समुद्रमा दुर्घटनामा पर्‍यो।

फ्लिटले जारी गरेको विज्ञप्तिअनुसार एमएच(६०आरसी हक हेलिकप्टरका चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ भने एफ–ए–१८एफ सुपर हर्नेट लडाकु जेटमा रहेका दुई चालकलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी