ट्रम्पद्धारा रुसी ठूला तेल कम्पनीमाथि प्रतिवन्ध, पुटिनले गरे परमाणु सैन्य अभ्यास

ट्रम्पद्धारा रुसी ठूला तेल कम्पनीमाथि प्रतिवन्ध, पुटिनले गरे परमाणु सैन्य अभ्यास

  • बिहिबार, कार्तिक ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

अमेरीकाले रुसको दुई ठूला तेल कम्पनी रोसनेफ्ट र लुकोईलमाथि प्रतिवन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध बिरामका लागि रुसलाई बाध्य पार्न यो प्रतिवन्ध लगाएको दाबी गरेका छन् ।

अलास्का बैठक हुँदै पटक पटक फोन संवादका बीच २२ अक्टोबरमा हंगेरीमा पुटिनसँग हुने वार्ता रद्ध गरेर ट्रम्पले नयाँ प्रतिवन्धको घोषणा गरेका हुन् ।

अमेरीकाको यो प्रतिवन्धले रुसी अर्थतन्त्रमा दबाब बढ्ने अनुमान गरिएको छ ।

यद्यपि, २०२२ पछि पश्चिमा प्रतिवन्धका बीच रुसी अर्थतन्त्र निरन्तर बृद्धि भईरहेको छ ।

यसैबीच, अमेरीकाले आर्थिक प्रतिवन्ध लगाएकै बेला विश्वकै सबै भन्दा ठूलो परमाणु शक्ति रहेको रुसले बिशाल परमाणु युद्धअभ्यास गरेको छ । जसको प्रत्यक्ष निगरानी राष्ट्रपति भ्लादीमीर पुटिनले गरेका छन् । यार्स लगायतका अन्तरमहादेशीय मिसाईलहरुको प्रक्षेपण गरिएको थियो ।

यो विशाल सैन्य अभ्यासमा नौसेना, मरिन र स्थल सेनाले भाग लिएका थिए । यो परीक्षण मार्फत पुटिनले पश्चिमा जगतसँग कुनै पनि खतरासँग सामना गर्न तयार रहेको सन्देश दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी