हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

  • सोमवार, कार्तिक ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको छ । तर, विमानस्थलको भुइँ सवारी साधनमा सवार दुई व्यक्तिको ज्यान गएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

विमान इमिरेट्स एयरलाइन्सबाट भाडामा लिएको थियो, जसमा चालक दल, मर्मत तथा बीमा सबै इमिरेट्सद्वारा उपलब्ध गराइएको थियो। विमानमा कुनै सामान थिएन ।

स्थानीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा विमानको अगाडिको भाग पानीमाथि देखिन्छ, तर पछिल्लो भाग समुद्रमा डुबेको छ । टेल भाग (पुच्छर) टुटेको आशंका गरिएको छ ।
दुर्घटना उत्तर रनवेमा भएको हो, जुन अहिले बन्द गरिएको छ । बाँकी दुई रनवेहरूबाट नियमित उडान सञ्चालन भइरहेका छन् ।
हङकङ नागरिक उड्डयन विभागले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । इमिरेट्सले यस दुर्घटनापछि सबै पक्षहरूसँग सहकार्य गरिरहेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी