गाजामा युद्धविराम : करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा

गाजामा युद्धविराम : करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा

  • सोमवार, अशोज २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ।

एक विज्ञप्तिमा भनिएको छ, “देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना ‘आतङ्ककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।”

“जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको स्वीकृतिपछि रिहाँ गरिएका सबै प्यालेष्टिनी बन्दीलाई ओफर जेलबाट वेस्ट बैङ्क, पूर्वी जेरुसेलम र क्ट्जिओट जेलबाट केरेम शालोममा रिहा गरिएको छ।” गाजातर्फ प्रवेश गर्ने एक स्थानलाई सङ्केत गर्दै विज्ञप्तिमा भनिएको छ।

इजरायल–गाजा युद्धविराम सम्झौता अनुसार यसअघि सोमबार नै प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास) लगायतका अन्य समूहद्वारा सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा बन्धक बनाइ लगिएका बाँकी सबै जीवित बन्धक लाई रेडक्रसको जिम्मा लगाई गाजाबाट इजरायलतर्फ फिर्ता गरिएको थियो ।

सम्झौता अनुसार सबै जीवित र मृत बन्धकलाई सोमबार नै फिर्ता गर्ने भनिए पनि मृतक र वेपत्ता भनिएका २८ मध्ये यो समाचार तयार पार्दासम्म चार जनाको मृत शरिर इजरायलतर्फ पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी