एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीच सीमामा भीषण आक्रमण÷प्रत्याक्रमण भएको छ ।
गएराति अफगानिस्तानले पाकिस्तानी सीमा क्षेत्रमा आकमण गर्दा ५६ जना सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।
त्यसको बदलामा पाकिस्तानी सेनाले भीषण जवाफी कार्बाही गरेको छ । यस क्रममा अफगानिस्तानको १९ वटा सैन्य चौकीहरु कब्जा गरिएको पाकिस्तानी सेनाले जनाएको छ । त्यसमा रहेका केही सेनाहरु मारिएको र केही भागेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
साथै पाकिस्तानी सेनाले तालेवानको मनोजबा बटालीयनको हेडक्वार्टर पनि नष्ट पारिदिएको जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरीफले यो आकमणको जानकारी सँयुक्त राष्टसंघलाई दिएको बताउदै विना उक्साहट अफगानिस्तानबाट भएको हमलाको निन्दा गर्दै देशको सार्वभौम सत्ता, क्षेत्रीय अखण्डता कायम राख्न सेना सक्षम रहेको पनि बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline