राष्ट्रपति ट्रम्पद्वारा मोदीको ‘भारत–अमेरिका घनिष्ठ मित्र’ सन्देश ट्रुथ सोसलमा पुनः पोस्ट

राष्ट्रपति ट्रम्पद्वारा मोदीको ‘भारत–अमेरिका घनिष्ठ मित्र’ सन्देश ट्रुथ सोसलमा पुनः पोस्ट

  • बुधबार, भदौ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाबीचको ‘प्राकृतिक साझेदारी’ लाई जोड दिनुभएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार (स्थानीय समय) आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसलमा मोदीको सन्देश पुनः पोस्ट गर्नुभएको छ ।

हालै अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाएका कारण बढेको आर्थिक अनिश्चितताबीच दुवै मुलुकले व्यापार अवरोध समाधानका लागि वार्ता गरिरहेको ट्रम्पले बताउनुभएको छ ।

यसअघि, ट्रम्पको पोस्टको जवाफमा प्रधानमन्त्री मोदीले एक्समा लेख्नुभएको थियो, “यी वार्ताले भारत–अमेरिका साझेदारीको असीम सम्भावना अनलक गर्नेछ ।”

मोदीले भन्नुभएको छ, “भारत र अमेरिका घनिष्ठ मित्र र स्वाभाविक साझेदार हुन् । हाम्रो व्यापार वार्ताले असीम सम्भावना खोल्नेछ । हाम्रा टोलीहरूले छलफल चाँडै टुङ्ग्याउन काम गरिरहेका छन् । म राष्ट्रपति ट्रम्पसँग कुरा गर्न उत्सुक छु । हामी दुवै देशका जनताका लागि उज्यालो भविष्य बनाउन सँगै काम गर्नेछौँ ।”

ट्रम्पले पनि ट्रुथ सोसलमा आफ्नो पोस्टमा भन्नुभएको थियो, “भारत र अमेरिकाले व्यापार अवरोध सम्बोधनका लागि वार्ता जारी राखेका छन् । म आगामी हप्ताहरूमा मेरो असल मित्र, प्रधानमन्त्री मोदीसँग कुरा गर्न उत्सुक छु । हामी दुवै महान देशहरूका लागि सफल निष्कर्षमा पुग्न कठिनाई हुनेछैन ।”

यो टिप्पणी उहाँले केही दिनअघि भारत–अमेरिका सम्बन्धलाई ‘धेरै विशेष’ भन्दै मोदीलाई आफ्नो स्थायी मित्र भएको र ‘चिन्ता गर्ने कुनै कुरा छैन’ भनेको कुरालाई थप पुष्टि गरेको हो ।

गत शुक्रबार (स्थानीय समय) ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा एएनआईको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभएको थियो, “म सधैँ मोदीको साथी हुनेछु । उहाँ महान् प्रधानमन्त्री हुनुहुन्छ । अहिलेका केही कदमहरू मलाई मन परेको छैन, तर भारत–अमेरिका सम्बन्ध विशेष छ । चिन्ता गर्ने कुरा छैन, केवल कहिलेकाहीँ यस्तो क्षण आउँछ ।”

दुवै नेताको सकारात्मक अभिव्यक्तिले सेयर बजारमा पनि उत्साह देखिएको छ । भारतीय बजारले सामाजिक सञ्जालमा आदानप्रदान भएका आशावादी सन्देशहरूको समर्थनमा वृद्धि कायम राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी