गाजामा भएको इजरायली आक्रमणमा एक सयभन्दा बढीको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा एक सयभन्दा बढीको मृत्यु

  • बुधबार, भदौ १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

गाजामा बुधबार भएको इजरयली आक्रमणमा मृत्यु हुनेहरुको सङ्ख्या एक सय १२ पुगेको छ । तीमध्ये सहायताको खोजीमा रहेका २४ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् ।

अल शिफा अस्पतालमा ३६, शेख रादवान क्लिनिकमा पाँच जना, अल अहली अरब अस्पतालमा १३, अल अवदा अस्पतालमा १२, अल अक्सा शहीद अस्पतालमा छ र नासेर अस्पतालमा ४० जना मारिएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि इजरायली एकाइले गाजा पट्टीमा अभूतपूर्व आक्रमण जारी राखेको छ, जसमा हत्या, भोकमरी, विनाश र जबरजस्ती विस्थापन समावेश छन् ।

यस आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालत र विश्व समुदायका सबै आह्वान र आदेशहरूलाई बेवास्ता गरिएको छ ।

पट्टीमा यस आक्रमणको परिणामस्वरूप अहिलेसम्म ६३ हजार छ सय ३३ शहीद र एक लाख ६० हजार नौ सय १४ घाइते भएका छन् । तीमध्ये अधिकांश बालबालिका र महिला छन् ।

त्यस्तै नौ हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् र सयौँ हजार विस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी