जेलेन्सकीसँग वार्ताकै बीच ट्रम्प र पुटिनबीच ४० मिनेट फोनवार्ताः त्रिपक्षीय वार्ता र युद्ध अन्त्यका बिषयमा छलफल

जेलेन्सकीसँग वार्ताकै बीच ट्रम्प र पुटिनबीच ४० मिनेट फोनवार्ताः त्रिपक्षीय वार्ता र युद्ध अन्त्यका बिषयमा छलफल

  • मङ्लबार, भदौ ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी भदौ ३ । युक्रेन युद्ध अन्त्यका लागि पहल गरीरहेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यु्क्रेनका राष्ट्रपति र युरोपेली देशका नेताहरुसँग छलफल गरेका छन् । जेलेन्सकीसँग वासिङटनमा वार्ता चलिरहेका बेला त्रिपक्षीय बैठकका बिषयमा रुसी राष्ट्रपति पुटिनसँग ट्रम्पले ४० मिनेट फोन वार्ता गरेका थिए ।

१४ अगष्टमा मात्रै रुसी पुटिन ट्रम्पबीच अलास्कामा बैठक भएको थियो ।

त्यसपछि ट्रम्पले जेलेन्सकीका साथै जर्मन चान्सलर , फ्रान्सका राष्ट्रपति , बेलायतका प्रधानमन्त्री र युरोपेली आयोगकी अध्यक्ष लगायत सहभागी थिए ।

यस बीचमा ट्रम्पले रुससँग युद्ध अन्त्य गर्न सजिलो नभएको भन्दै क्रिमिया युक्रेनले फिर्ता नपाउने, युक्रेन नाटोमा संलग्न नहुने जस्ता रुसी चासोहरुलाई लिएर छलफल गरेका थिए ।

शुरुमा जमिनको अदलाबदली अस्वीकार गर्दै आएका जेलेन्सकीले पछि सकारत्मक प्रतिकृया दिएको बतार्इृएको छ ।

जेलेन्सकीले ह्वाईट हाउसमा यस पटकको वार्ता सकारात्मक भएको टिप्पणी गरेका छन् ।

जेलेन्सकीले युक्रेनको सुरक्षा ग्यारेन्टीको माग गरेका छन् । जसमा ट्रम्पले अझै गहन छलफल गर्ने बताएका छन् ।

यो छलफल पछि अब ट्रम्पले पुटिन र जेलेन्सकीसँग सँयुक्त छलफल गरेर युद्ध अन्त्यको बिषयमा गंभीर छलफल गर्न तयारी गरेका छन् । आगामी केही साता भित्रै त्यो वार्ता संभव हुने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी